back
NMB ad

दशैंका लागि अस्ट्रिजको मासु !

Kumari bank ad

बुटवल । दशैंको आगमनसँगै अस्ट्रिज नेपाल प्राइभेट लिमिटेडले अस्ट्रिजको मासु तयार गर्ने काम सुरु गरेको छ । रूपन्देहीको तिलोत्तमा वडा नं. २२ गंगोलियमा रहेको अस्ट्रिज नेपाल प्रालिले यस वर्षको दसैंका लागि दैनिक ५ सय टन मासु बजारमा ल्याउने तयारी गरेको छ । अन्य समयमा दैनिक ५ सय केजी बिक्रीवितरण गर्दै आएको प्रालिले यस वर्षको दसैंमा मात्र ४ सयदेखि ५ सय टन मासु बजारमा लैजान लोगेको बताएको हो ।

यो अन्य समयको तुलनामा ८ गुणा बढी हो । अस्ट्रिज नेपाल प्रालिका प्रबन्धनिर्देशक सिपी शर्माले नेपाली बजारमा खसीकै मूल्यमा अस्ट्रिजको मासु बजारमा पठाउन लागिएको बताए । गत वर्ष ५० हजार खसीबोका बराबरको मासु बजारमा पठाएको प्रालिले अन्य समयभन्दा सस्तो र खसीको मासुको मूल्यको तुलनामा पनि सस्तो मूल्यमा अस्ट्रिज र इमोको मासु उपलब्ध गराउने तयारी भएको उनको भनाइ छ । अस्ट्रिजको मासु अत्यन्त स्वस्थकर रहेको जनाउँदै चिकित्सकहरूको परीक्षणपछि मात्र डिफ्रिज गरिएको मासु बजारमा पठाइने शर्माको भनाइ छ । अहिले रूपन्देहीको सूर्यपुरा र गंगोलियामा मासुका लागि तयार भएका अस्ट्रिज दसैंको लागि कटिङ गर्न सुरु गरिएको छ ।

प्रालिले उत्पादन गरेको मासुको मुख्य बजार काठमाडौ रहेको भएपनि सबै जिल्लाहरूमा अस्ट्रिजको मासु पुगेको बताइएको छ । अन्य मासुको तुलनामा अस्ट्रिजको मासु स्वस्थकर रहेको, चिल्लो पना नहुने र सबै बिरामीहरूका लागि खान मिल्ने भएकाले पनि दसैँमा विशेषतः अस्ट्रिजको मासु खानुपर्ने निर्देशक शर्माको भनाइ छ । दुई वर्षअघि २ हजार रुपैयाँ प्रतिकेजी मूल्यमा बिक्री गरिएको बोनलेस यसवर्ष १४ सय ९० रुपैयाँ र युघवोनका लागि प्रतिकेजी ८ सय ९० रुपैयाँ मात्र निर्धारण गरिएको छ ।

त्यस्तै क्यान्डरलेनको २५ सय तथा रेडनमको प्रतिकेजी ९ सय रुपैयाँ रहेको छ । ०६४ सालमा १५ सय अन्डा र केही अस्ट्रिज गरी १५ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको फर्ममा अहिले ७ हजार अस्ट्रिज रहेका छन् भने ३ अर्ब लगानी भइसकेको छ ।न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ असो ३

वि.सं.२०७४ असोज ३ मंगलवार १३:०५ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...