back
NMB ad

सार्वजनिक स्कुल डुवाउने खेल खेल्दै तीन दल एकै ठाउँमा

Kumari bank ad

काठमाडौ । प्रमुख तीन दल शिक्षा ऐनमा झेल गरेर अस्थायी शिक्षकबाट बढी नै मात्रामा स्थायी पूर्ति गर्ने कसरतमा लागेको खुलासा भएको छ । अस्थायी शिक्षक दरबन्दीलाई खुल्ला प्रतिस्पर्धामार्फत पूरा गर्नुको साटो दलहरु मिलिभगतमा ७५ प्रतिशत आन्तरिक पदपूर्तिद्वारा पूर्ति गर्ने कसरतमा लागेका छन् ।

सोमबार भएको खुलासाअनुसार त्यसका लागि तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहमतिको नजिक पुगेको उल्लेख गरेको छ । यसअघि शिक्षा ऐनको आठौं संशोधनमा ४९ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट र ५१ प्रतिशत खुल्लाबाट पूर्ति गर्ने ब्यवस्था रहेको थियो । उक्त संशोधनमा सेवाबाट आउट हुन चाहने अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेकको ब्यवस्था समेत गरिएको थियो ।

तर, देउवा सरकार बनेलगतै आएका नयाँ शिक्षा मन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकहरुको आन्दोलनलाई कारण देखाउँदैं शिक्षा ऐनको नवौ संशोधन अगाडि बढाए । उनले अगाडि बढाएको संशोधनमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्लाबाट पदपूर्ति गर्ने ब्यवस्था प्रस्ताव गरिएको छ । तर, उक्त संशोधनमा दलका सांसदहरुले संशोधन हालेका छन् ।

अस्थायी शिक्षकहरुलाई ७० प्रतिशत भर्ति गरिए सामुदायिक र सरकारी विद्यालयको गुणस्तर खस्कने चिन्ता विज्ञहरुले प्रकट गरेका छन् । तीन दलकै मिलिभगतमा यस्तो निर्णय गरिए त्यसले सामुदायिक र सरकारी शिक्षाको गुणस्तरमा ठूलै प्रभाव पार्ने देखिन्छ ।अनलाईनखबरबाट

प्रकाशित मितिः २०७४ असो ३

वि.सं.२०७४ असोज ३ मंगलवार १३:२५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...