back
NMB ad

डलरको नोटले जिउ ढाकेकी महिला रेलभित्र पसेपछि…

Kumari bank ad

संसारमा मानिसहरु अनेक हर्कत गर्न रुचाउँछन् । आफुलाई चर्चामा ल्याउन मानिसहरु जस्तोसुकै हर्कत गर्नपनि पछि पर्दैनन् । यस्तै भएको छ जब एकमहिलाको पैसा पहिरन अहिले केवल आफ्नो देशमा मात्र होइन, दुनियाभर चर्चामा छिन् ।

सोसल मिडियामा यिनको पहिरनको खुब चर्चा भइरहेको छ । नहोस् पनि किन ? यिनले पूरै जिन्दगीभरलाई खर्च गर्न पुग्ने पैसा नै जिउमा भिरेकी छिन् । तर यसो गर्नुका पछाडि केही कारण छ । अमेरिकाको न्युयोर्क्स्थित एक मेट्रो रेलभित्र जिउमा पैसाको लुगा लगाएकी एक युवती छिरिन् । आश्चर्यको कुरा त के भने उनले जोसँग रेलभित्र भेटिन् ऊ मालामाल भयो । आफूसँग भेटिएको मानिसलाई उनले चाहिने जति पैसा आफ्नो जिउबाट च्यातेर लैजान भनिन् ।

मेट्रो रेलभित्र मात्र होइन, न्युयोर्कको सडकमै पनि उनी पैसाको पहिरन लगाएर हिँडिन् । यो काममा ती महिलाका ब्वाइफ्रेण्डले पनि सघाइरहे । दुबैजनाले इश्वरबाट आफूहरुलाई नाम, दाम तथा खुसी सबै प्राप्त भएको बताउँछन् । अब पालो आयो, मानिसहरुलाई सहयोग गर्ने । त्यसैले उनीहरुले गरीब तथा पैसाको निकै खाँचो भएका मानिसहरुलाई सहयोग गर्न यस्तो अनौठो उपाय अपनाएका छन् ।

तर सोसल मिडियामा उनीहरुको यो कामप्रति कतिपयले प्रश्न उठाएका छन् । आखिर ती महिलाले मात्र किन नोटको पहिरन लगाइन् र उनको ब्वाइफ्रेण्डले किन यस्तो पहिरन लगाएनन् ? नोटले जिउ ढाकेर गरीबलाई पैसा बाँड्दै हिँड्ने ती महिला वास्तवमा चर्चित मोडेल विकी सिपोलिटाकी हुन् ।

अर्जे्न्टिनी मोडेल विकीले चर्चा पाउनका लागि यसो गरेको बताइन्छ । तर सुन्दरी मोडेलले चर्चा पाउन होस या गरीब तथा खाँचो भएकाहरुलाई पैसा बाँड्न होस जे उदेश्यका लागि भएपनि केहि मानिसहरु भने रातारात मालामाल भने भएका छन् ।

प्रकाशित मितिः २०७४ असो ३

वि.सं.२०७४ असोज ३ मंगलवार १३:४८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...