काठमाडौ। वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई उक्त लाभाँश दिने प्रस्ताव गरेको हो । साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ ।
कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा असोज २७ गते युनियन हाउस, अनामनगर काठमाडौमा गर्ने भएको छ ।
कम्पनीले बरुणले यसअधि बिशेष साधारण सभाबाट पारित भएको १०० प्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद सेयर वितरणको निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि लैजाँदैछ ।
प्रकाशित मितिः २०७४ भदौ ५
वि.सं.२०७४ असोज ५ बिहीवार १३:०२ मा प्रकाशित