back
NMB ad

ढाकाको तानमा भविष्य

Kumari bank ad

मोरङ। मोरङको उर्लाबारी–४ की निरु चौहानले ‘निरु घरेलु ढाका उद्योग’ सञ्चालनमा ल्याएपछि निरुजस्ता थुप्रै उद्यमशील महिलाले काममात्र पाएका छैनन् ढाका कपडा, जहाँ जुन भूगोलमा बुनेपनि गुणस्तरीय भए बजारको अभाव नहुने पनि प्रष्ट भएको छ । गत मंसिरमा उद्योग दर्ता गर्नुभएकी चौहानले हाल पाँचवटा तानबाट ढाका उत्पादन गरिरहेकी छिन् । पाँचवटा तानमा दैनिक पाँचजना उद्यमशील महिलाले काम गरिरहेकी छिन् । त्यसैगरी, निरुले आफ्नै उत्पादनबाट तयार भएका सिलाइका सामग्रीको बिक्री कक्ष सञ्चालनमा ल्याउनुभएको छ ।

बिक्री कक्षमा साडी, चौबन्दी चोलो, रुमाल, कुर्ता सलबार, झोला र थैली राखिएका छन् । यसैगरी, धनकुटा बुधबारेकी २४ वर्षीया रेखा लिम्बू स्नातक तेस्रो वर्षको परीक्षा दिइसकेपछि अहिले ढाकाको तानमा आफ्नो भविष्य खोज्दै छिन् । उनी भन्छिन्, “पढ्ने सबैले जागिर पाउँदैनन्, प्रमाणपत्र सिरानीमुनि थन्किएको छ । पाएको जागिरबाट सबैलाई सन्तुष्टि कहाँ मिल्छ र ?

रेखाको जीवनमा पनि जागिर नपाएको तीतो अनुभव छ । त्यसैले उहाँ आफ्नो सीपलाई पैसामा बेच्न बाध्य हुनुहुन्छ । हुन त नेपाली बजारमा तेह्रथुमे ढाका कपडाको एकछत्र राज छ । जहाँ जुन भूगोलमा बुनेपनि त्यस उत्पादनको नाम तेह्रथुमे ढाका नभने बिक्री नहुने समस्या अझै पनि छ ।

रु चारलाख लगानीबाट शुरु गर्नुभएको उद्योगबाट हाल मासिक रु एक लाखको कारोबार भइरहेको सञ्चालिका निरु चौहानले बताइन्। विसं २०५५ मा झापा हस्तकला प्रशिक्षण केन्द्रबाट सीप सिक्नुभएकी निरु अहिले उत्साहित छिन् । उद्योग दर्ता गरेर काम थालेको छ महिनासम्म ठूलै संघर्ष गरिन् । कसैले नक्कली भनेर निरुत्साहित गरे, कसैले आधुनिक जमानामा ढाकाका कपडा कसले किन्छ ? भनेर खिल्ली उडाए । आफूसँग भएको सीपसँग उहाँ पूरै विश्वस्त थिइन् ।

नेपाली धागो उद्योगले उत्पादन गरेको सुती धागो प्रयोग गरेर निरुले ढाकाको तान लगाउँछिन् र नेपाली उत्पादनकै धागोले बुन्छिन् । हाल चौहानले उत्पादन गरेको ढाकाको माग उच्च छ । उहाँ भन्नुहुन्छ, “खासगरी साडी र सर्टका कपडा युरोप अमेरिकासम्म जान थालेका छन् । साडीको माग थेग्न सकेको छैन ।

विभिन्न गैरसरकारी संस्थाले उर्लाबारी क्षेत्रमा पनि बारम्बार ढाका बुन्ने तालीम सञ्चालन गरेपनि दक्ष जनशक्ति उत्पादन नहुँदा उर्लाबारीकै उद्योगहरू धरासायी बनेका छन् । उनी भन्छिन्, “ढाका कपडा टिकाउमात्र हैन बिकाउ पनि हुने गरेकाले देशैभरबाट माग आउँछ । तर, जनशक्ति छैन ।” निरुसँगै सीप सिकेर स्वावलम्बी बन्दै गएकी देवका बाँस्कोटा ढाकाको माग उच्च भएपनि स्वदेशी उत्पादन र पहिचानप्रति युवापुस्ताको ध्यान जान सके ढाकाको माग फस्टाउने बताउँछिन् ।रासस

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ असोज ५ बिहीवार १३:३४ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...