back
NMB ad

स्ववियु सभापतिको कोठामा तोडफोड र आगजनी

Kumari bank ad

पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका स्ववियु सभापति इन्द्र पौडेलको कोठामा तोडफोड र आगजनी भएको छ । कलेजको होस्टलमा बस्दै आएका पौडेल गएराती साथीकोमा सुत्न गएको मौका पारेर तोडफोड र आगजनी भएको बताइएको छ ।

एमाले निकट अखिलका नेतासमेत रहेका पौडेलले इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका नेविसंघ सभापति अमन भुसालसहित १५/२० जनाको टोलीले तोडफोड र आगजनी गरेको बताएका छन् । उनका अनुसार सो समूहले क्याम्पसको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड र वार्डेनलाईसमेत हातपात गर्नुका साथै कोठामा गएर टेबल तथा कुर्सीहरु तोडफोड गरेको थियो ।

तोडफोडबाट झ्यालका सिसा फुटेका छन् भने ढोका, टेबल र खाटमा क्षेति पुगेको छ । आफूलाई खोज्दै आएको समूहले कोठामा तोडफोड गरेपछि आफूले ओढ्ने सिरक, ओछ्याउने डसना, पाइन्ट, सर्टलगायतका कपडाहरु बाहिर ल्याएर जलाएको उनले बताएका छन् । आफूलाई कुटपिट गर्ने उद्देश्य भएपनि आफू क्याम्पस हाताभन्दा बाहिर भएका कारण जोगिएको उनको भनाई छ ।

घटनाबारे क्याम्पस प्रमुखले प्रहरीलाई खबर गरेपछि मात्रै उनीहरु भागेको बताइएको छ । तर क्याम्पस प्रशासनले भने घटना सामान्य भएको बताएको छ । यद्यपी घटनाबारे थप बोल्न नमिल्ने भन्दै क्याम्पस प्रमुख रामप्रसाद पौडेल पन्छिए । तर सहायक क्याम्पस प्रमुख बाबुराम भण्डारीले नेपाल विद्यार्थी संघका नेताको नेतृत्वमा आएको समूहले तोडफोड र आगजनी गरेको बताए ।

यसैबीच, पीडित स्ववियु सभापति पौडेलले दोषीमाथी कार्वाही गर्न माग गरेका छन् । उनले आफ्नो ज्यानमाथी नै खतरा उत्पन्न भएको भन्दै आफ्नो सुरक्षा ब्यवस्था गर्न पनि भनेका छन् । पौडेलले क्याम्पस प्रशासनको मौनता र लाचारीपनले क्याम्पसमा बेथिति र गुण्डागर्दी मौलाएको आरोपसमेत लगाएका छन् ।

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ असोज ५ बिहीवार १४:२७ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...