back
NMB ad

१२ कम्पनीको पाँच अर्ब ७१ करोडको शेयर भर्ने अवसर ! पाइपलाईनमा कुन–कुन ? जान्नुहोस !

Kumari bank ad

काठमाडौ। नेपाल धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर स्वीकृत भएको हो ।

स्वीकृति पाएकामध्ये मेघा बैंक ‘क’ वर्गमा रहेको छ । सो बैंकले भदौ २७ देखि दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार रुपैयाँको हकप्रद शेयर जारी गरेको छ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकले हकप्रद शेयर जारी गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हकप्रद शेयर दिने र टुरिजम डेपलभमेन्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी नौ अर्ब रुपैयाँ माथि पुग्ने बताए । दशैँ लगत्तै मेघाले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने तयारी गरेको छ । त्यसका लागि विशेष साधारणसभासमेत बोलाइएको छ ।

हकप्रद शेयर जारी गर्न लागेका वित्तीय संस्थामा छवटा विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक, समिट माइक्रोफाइनान्स विकास बैंक, एक्सेल विकास बैंक, ओम विकास बैंक, नेपाल कम्युनिटी विकास बैंक र भार्गव विकास बैंक रहेका छन् । अधिकाशं विकास बैंकले चुक्ता पुँजी पुर्याउन हकप्रद शेयर जारी गर्न लागेका हुन् ।

यस्तै, हकप्रद शेयर जारी गर्न लागेकामा पाँचवटा लघुवित्त संस्था रहेका छन् । किसान माइक्रोफाइनान्स वित्तीय संस्था, आएसडिसी लघुवित्त, समटि माइक्रोफाइनान्स, गुह्श्वेरी मर्चेन्ट बैंकिङ र जनरल फाइनान्स कम्पनी रहेका छन् । विभागले गत साउन २ गतेदेखि गत भदौ २५ गतेसम्म ती वित्तीय संस्थालाई हकप्रद शेयर निस्कासनका लागि अनुमति दिएको सहायक प्रवक्ता डा नवराज अधिकारीले जानकारी दिए ।

यस्तै ‘क’ वर्गका वित्तीय संस्थाका रुपमा रहेको सेञ्चुरी बैंकले पनि हकप्रद शेयर निस्कासन गरेको थियो । चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने दबाबमा रहेका ‘क’ वर्गका बैंकलाई राष्ट्र बैंकले थप ६ महिना समय दिएको छ । सो अवधिभित्र चुक्ता पुँजी पुर्याउनै पर्नेछ ।

अठार कम्पनीको १२ अर्ब ९४ करोड हकप्रद शेयर पाइपलाइनमा

यस्तै, धितोपत्र बोर्डमा विभिन्न १८ कम्पनीले हकप्रद शेयर निस्काशनका लागि आवेदन दिएका छन् । कुल १२ करोड ९४ लाख ३० हजार ६८७ कित्ता शेयर हकप्रदका लागि तयारी हालतमा छन् । ती शेयरको मूल्य १२ अर्ब ९४ करोड ३० लाख ६८ हजार रुपैयाँ रहेको छ ।

आवेदन दिएकामध्ये चारवटा वित्तीय संस्थाको हकप्रद शेयर स्वीकृतिको चरणमा रहेको छ । बोर्डले मागेको कागजात पुर्याएर अध्ययनका क्रममा रहेका सांग्रिला विकास बैंक, सेन्ट्रल फाइनान्स, प्रुडेन्सियल इन्सुरेन्स र गुराँस लाइफ इन्सुरेन्स रहेका छन् ।

यस्तै, प्रतीक्षा सूचीमा ‘क’ वर्गको प्रभु बैंक पनि रहेको छ । सो बैंकको रु दुई अर्ब ३५ करोड २५ लाख ६ हजार बराबरको हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । यस्तै एशियन लाइफ इन्सुरेन्स, श्री इन्भेस्ट एण्ड फाइनान्स कम्पनी र कर्णाली विकास बैंक पनि हकप्रद शेयर निस्काशनका लागि बोर्डको प्रतीक्षा सूचीमा छ ।

अपी पावर कम्पनीले रु दुई अर्ब १० करोड बराबरको हकप्रद शेयर जारी गर्न लागेको छ । बोर्डमा प्रारम्भिक अध्ययनका क्रममा विभिन्न पाँच कम्पनी रहेका छन् । उत्पादनतर्फ श्रीराम सुगर मिलले रु ८९ करोड तीन लाख ९४ हजारको शेयर जारी गर्न लागेको छ । गण्डकी विकास बैंक, सिद्धार्थ बैंक, एभरेस्ट इन्सुरेन्स र साहारा विकास बैंकले पनि हकप्रद जारी गर्न आवेदन दिएको र बोर्डमा प्रारम्भिक अध्ययनको चरणमा रहेको छ ।

बोर्डले सोधेका केही सवालको उत्तर दिने क्रममा थप चार कम्पनी रहेका छन् । त्यसमा माउन्ट मकालु विकास बैंक, ग्रिन डेपभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र सिभिल बैंक लिमिटेड रहेका छन् । हकप्रद शेयर दिन विभिन्न कम्पनी लाइन लागेपछि लगानीकर्तालाई उत्साहित बनाएको छ । तर धितोपत्र बजार भने अस्थिर हुन पुगेको छ । रासस

प्रकाशित मितिः २०७४ असोज ६

वि.सं.२०७४ असोज ६ शुक्रवार ११:०१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...