चाडबाडमा धेरै खर्च नगर्नुहोस्,बरु बैंकको ३०% हकप्रद भर्न पैसा ठिक गर्नुहोस् !

काठमाडौ। ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपातको हकप्रद सेयर असोज २३ गतेदेखि आउने भएको छ । बैंकले चुक्ता पुँजी बढाउने उदेश्यसहित १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

भदौ २९ सम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । एनआईबिएल क्यापिटल मार्केट्सले उक्त हकप्रदको बिक्री प्रबन्धकको काम गर्दैछ । हकप्रदमा एनआईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, ओमका सबै शाखा,नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, इटहरी, बिरगञ्ज, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सकिने जनाएको छ । बैंकको हकप्रद सेयरका लागि कार्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मितिः २०७४ असोज ६

२०७४ असोज ६ गते ११:१६ मा प्रकाशित

You can share this post!

१२ कम्पनीको पाँच अर्ब ७१ करोडको शेयर भर्ने अवसर ! पाइपलाईनमा कुन–कुन ? जान्नुहोस !

टानले दियो पर्यटन सुरक्षा तालिम,महासचिव लामालाई आईसिई हिमालयको मानार्थ सदस्यता

Related posts