अपाङ्ग तथा विपन्न परिवारकी बालिकालाई बेटर-नेपालको सहयोग

दाङ्ग । मिसन बेटर नेपाल अन्र्तगत बेटर दाङ्ग च्याप्टरले अपाङ्ग तथा अशक्त बालिका रामकली वि.क.को परिवारलाई सहयोग प्रदान गरेको छ । बबई गाउँपालिका वडा नंं.४ स्थित बस्दै आएकी रामकली १८ वर्षकी भएतापनि उनी हिडडुल गर्न, बोल्न समेत सक्दिनन् ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएको परिवारलाई हापुरेकै स्थानीय विद्यालय ग्रेट आईडियलको हलमा झण्डै १० हजार बरारको लत्ताकपडा, खाद्यान्न लगायतको सामाग्री हस्तान्तरण गरिएको हो । बेटर दाङ्गका यज्ञ वि.क.को सभापतित्वमा सम्पन्न उक्त सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि ग्रेट आईडियलका प्रिन्सिपल दिपक शाहले सहयोगको सह्राना गरे । उनले विविध क्षेत्रका युवाहरुको क्षमतालाई एकताको भावनामा समेट्दै मिसनले राष्ट्रको सम्बृद्धिमा लाग्न उदाहरणीय तथा अनुकरणीय काम भएको बताए । साथै आगामी दिनमा बेटर नेपालको गतिविधिलाई सहयोग र समर्थन गर्ने धारणा सहित शुभकामना व्यक्त गरे ।

प्रकाशित मितिः २०७४ असोज ६

२०७४ असोज ६ गते १३:१४ मा प्रकाशित

You can share this post!

आकस्मिक बाहेक देशभर अस्पतालका सेवा ठप्प

१६% बोनसपछि सेयरमूल्य समायोजन !

Related posts