एउटै नगरपालिकाको मेयरमा कांग्रेसबाट ससुरा र उपमेयरमा एमालेबाट बुहारी विजयी

काठमाडौ। रौतहटको चन्द्रपुर नगरपालिकामा ससुराबुहारी मेयर र उपमेयरमा निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा ९७८० मत ल्याई नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् ।

उपमेयरमा भने चौधरीकै बुहारी रामरती चौधरी विजयी भएकी छिन् । एमालेबाट उम्मेद्वार बनेकी चौधरीले ९९१६ मत ल्याएकी छिन् ।

चन्द्रपुर नगरपालिकामा कांग्रेसले ५ वटा वडा अध्यक्ष जितेको छ भने एमालेले ३ वटा वडा जितेको छ । माओवादी केन्द्रले भने २ वटा वडा जितेको छ ।

प्रकाशित मितिः २०७४ असोज ६

२०७४ असोज ६ गते १३:४९ मा प्रकाशित

You can share this post!

नेप्सेमा २६ लाख ५२ हजार कित्ता बोनस सेयर सूचिकृत

विश्वज्योती मलको दशैं अफर,दुबई घुम्ने मौका,नगद सहित उपहारै उपहार

Related posts