back
NMB ad

पहिलो बालमैत्री नगरपालिकाका बनेको सुनवल पुनः पहिलो बन्ने होडमा

Kumari bank ad

मोहन पौडेल, सुनवल । तत्कालीन सुनवल नगरपालिकालाई २०७२ सालमा पहिलो बालमैत्री नगरपालिकाका रुपमा नेपाल सरकारले घोषणा गरेको थियो । बालमैत्री स्थानीय शासन घोषणा हुन बालमैत्री स्थानीय शासन कार्यविधिअनुसार ३९ सूचक पुरा गर्नु पर्दछ ।

सुनवल नगरपालिकाले भने आफैले थप दुई सूचक तथ गरेर जम्मा ४१ वटा सूचक पुरा गरेको हो । मुलुकको पहिलो बालमैत्री नगरपालिका सुनवल स्थानीय तहको पुनर्संरचनापछि पनि पहिलो हुने होडबाजीमा जुटेको छ । नगरपालिकाका प्रमुख (मेयर) भीम बहादुर थापा क्षेत्रीका अनुसार स्थानीय तह पुनर्संरचना हुँदा केही वडाहरू बाल मैत्री अनुकूल नभएकाले ती वडालाई समेत समेटेर सुनवल फेरि बालमैत्री हुने कसरतमा जुटेको हो ।
सुनवलमा साविक धुरकोट र रामनगर गाविस स्थानीय तहको पुनर्संरचना हुँदा गाँभिएको थियो । ती थपिएका तत्कालीन गाविसहरू सुनवल नगरपालिकाको वडा नम्बर ११, १२ र १३ भएका छन् । थप गरिएको वडामा बालमैत्री संरचनाको अभाव रहेको हुँदा सुनवललाई पुनः बालमैत्री घोषणा गर्नु परेको हो ।
‘नगरपालिकाले थ्रिडि अर्थात् डिसिप्लिन, डेलीभरी र डेभलपमेन्ट (अनुशासन, सेवा प्रवाह र विकास)को अवधारणा ल्याएको छ । यही अवधारणाका आधारमा थप वडालाई समेटेर पहिलो बालमैत्री स्थानीय तह बनाउँछौ ।’ नगर प्रमुख थापाले थपे— ‘सुनवल नगरपालिका पहिलो बालमैत्री नगर त हुँदै हो, अब थपिएका वडामा पनि बालअधिकार हनन्को घटनालाई शून्यमा ल्याउँछौ ।’ बालमैत्री स्थानीय शासनलाई ििदगो बनाउन स्थितिपत्रको तयारी भईरहेको छ र बालमैत्री स्थानीय शासनको सिकाई केन्द्र निर्माण गर्ने योजनालाई नगर सभाले अनुमोदन गरिसकेको छ ।
स्थानीय बाल सन्जालकी अध्यक्ष रचना भूसाल नगरपालिका र बालबालिकाहरूको खुशीसुनवल नगरपालिकाकी बालमैत्री सहजकता सुम्निमा पन्थी भने थपिएका ११, १२ र १३ वडामा नयाँ संरचनाअनुसार बाल क्लब गठन गर्ने काम सकिएको बताउँछिन् । स्थानीय तहको पुनर्सरचनापछि थपिएका वडालाई बालमैत्री बनाउने अभियान सुरु भईसकेको बताउँदै सहजकर्ता पन्थिले भने, ‘नगर सभाले हामीलाई ठोस निर्देशन दिई सकेको हुँदा हामी यसमा जुटी सकेका छौँ ।’
सुनवल नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कृष्णप्रसाद देवकोटाले पनि नगरलाई बालमैत्री बनाउन निर्वाचित प्रतिनिधिहरू प्रतिबद्ध रहेको बताए । ‘विकासलाई उर्जाशील र सकारात्मक दिशा दिन आवश्यक छ । बालमैत्री शासन समयअनुसार चल्ने शासन हो । यसमा बालबालिकाले पनि खबरदारी गर्नु महत्वपूर्ण हुन्छ । बालमैत्री मात्र होइन, सुनवललाई महिलामैत्री र वातावरणमैत्री स्थानीय शासनयुक्त बनाउनु पर्दछ ।’
जिल्ला बाल कल्याणकारीणी समिति, नवलपरासीका सदस्य शम्भु उपाध्ययले भने, ‘बालमैत्री भएपछि पनि सुनवल नगरपालिकामा केही चुनौति रहेको बताए । बालमैत्री नगर भईसकेपछि यहाँ दुव्र्यसन हुनु हुन्न । तर सुनवलका केही वडामा यहाँका किशोर किशोरीहरू यसतर्फ गएको जानकारी आएको छ । बालमैत्री शासनले कुलत हटाउन सकेन भने त्यसको उपलव्धी हासिल हुन सक्दैन । यसका लागि पनि बालमैत्री अभियान सँगै केही अभियान चलाउन आवश्यक छ ।’
सुनवल नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणी नेपालले सुनवल नगरपालिका साविक स्थानीय निकाय हुँदा पहिलो बालमैत्री थियो । तर अब स्थानीय तह भएपछि पहिलो स्थानीय तहको पहिचान रहेन । यसैले पहिलो स्थानीय तह बनाउनको लागि पहिलाको जस्तै जोश र जाँगरका साथ फिल्डमा जानु पर्ने बताए । नेपालकाअनुसार बालमैत्री भएपछि सुनवलको अवलोकन गर्न ७६ वटा टोली आएको थिए । ती अवलोकनकर्तालाई व्यवस्थित बनाउन बालमैत्री सिकाई केन्द्र जरुरी भई सक्यो ।
बाल संरक्षण समिति, सुनवलका संयोजक सन्जय श्रेष्ठले पनि सुनवल नगरपालिकालाई पहिलो बालमैत्री स्थानीय तह बनाउने काममा लागि सकेको बताए । विगतमा कर्मचारीको नेतृत्वमा स्थानीय तह सन्चालन हुँदा समुदाय परिचालन गरिएको अनुभवका आधारमा अहिले कुनै गाह्रो नभएको बताए । अहिले जनप्रतिनिधि आएपछि यो काम गर्न धेरै सजिलो भएको छ । सुनवलमा यससम्बन्धी विज्ञको कमी नभएको बताउँदै केही महिनामा नै सुनवल मुलुकको पहिलो बालमैत्री स्थानीय तह बन्ने बताए ।

                                                                                                                               —साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

प्रकाशित मितिः २०७४ असोज ७

वि.सं.२०७४ असोज ७ शनिवार १८:५८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...