back
NMB ad

५० प्रतिशत शेयर जनतालार्इ दिइन्छ अब,तर के–को ? जान्नुहोस्

Kumari bank ad

धनकुटा। उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपालमा राष्ट्रिय औद्योगिक नीति स्पष्ट नभएका कारण सरकारी उद्योग रुग्ण बन्दै गएको बताएका छन्। पत्रकार भेटघाट कार्यक्रममा उनले भने –“ सरकारले स्पष्ट औद्योगिक नीति ल्याएर रुग्ण उद्योग सञ्चालन गर्ने गृहकार्यमा जुटेको छ ।”मन्त्री थापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने औद्योगिक नीति सरकारले ल्याउँछ भन्दै स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग स्थापना र त्यसबाट उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्ने नीति सरकारले ल्याइने बताए।

सरकारले मात्र सञ्चालन गर्न नसकेका उद्योगमा लगानीकर्ता नागरिकको ५० प्रतिशत लगानीमा सहभागिता गराएर पनि उद्योग सञ्चालनमा ल्याइने बताउँदै उनले अनुमति लिन आएका ४७ उद्योगलाई सरकारले अनुमति दिने तयारी गरेको पनि जानकारी दिए।राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्रीसमेत रहेका उद्योग मन्त्री थापाले पार्टी अध्यक्ष कमल थापाको एकलौटी पार्टी सञ्चालन गर्ने तरिका, पार्टी एकीकरणमा भएका भद्र सहमतिको कार्यान्वयनसमेतको बेवास्ता गरेका कारण आफूहरुले राप्रपा प्रजातान्त्रिक पार्टी खोल्नुपरेको स्पष्ट पारे।रासस

प्रकाशित मितिः २०७४ असोज ८

वि.सं.२०७४ असोज ८ आइतवार ०९:३० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...