यसपालिको दशैँमा मोवाइलबाटै दक्षिणा लिन मिल्ने

काठमाडौँ ।सानीमा बैंकले दशैँको दक्षिणा मोबाइल मार्फत दिन सकिने योजना सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रवद्र्धन गर्न आफ्ना ग्राहकहरुको लागि मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको हो ।

यो योजनामा ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंग मार्फत Fund Transfer, Topup/Recharge, e-Sewa Load or  Bill Payment गरी कारोबार गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालार्इ सामसुङ्ग मोवाइल फोन(SAMSUNG J76 Mobile) उपहार दिइने छ ।

यो योजना असोजको ११  देखि १६ (पुर्णिमा) गते सम्मका लागि लागू हुनेछ र बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी F1Soft International Pvt Ltd.  को सहकार्यमा लक्की ड्रबाट हुने बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७४ असोज १०

२०७४ असोज १० गते १७:४७ मा प्रकाशित

You can share this post!

अमेरिकाआवद्ध हवाई आमक्रणमा ८४ सर्वसाधारणको मृत्यु

एनबी ईन्सुरेन्सको नाम अब आइएमई जनरल हुने, १०ः८ हक प्रद पश्चात चुक्ता पूंजी रु.९७ करोड २० लाख पुग्ने

Related posts