back
NMB ad

८० वर्षिय आमाको आयआर्जन ढक्की बुनेर (हेर्नुहोस् भिडियो )

Kumari bank ad

रबिना पौडेल , धादिङ – छोराहरु काम नगर भन्छन्, यसै चुप लागेर बस्नै मन लाग्दैन, बलको काम त गर्न सक्दिन, सुतेर बस्नुभन्दा अलिअलि काम त गर्नै प¥यो, उमेरले ८० लागेकी कोइली कुमारी खान ठकुरीलाई के गर्दै हुनुहुन्छ भनेर सोध्ने सबैलाई यहि जबाफ दिन्छन् ।weaving dhakki

धादिङको नीलकण्ठ नगरपालिका – ४ अल्छिडाँडाकी कोइली कुमारी थोत्रो प्लाष्टिक, चाउचाउ बिस्कुटको खोल, मकैको खोस्टा, बाबियो लगायत बोराको धागोबाट बिभिन्न सामाग्री निर्माण गरिरहेकी हुन्छिन् । ढक्की, चकटी, झोला जस्ता सामाग्री तयार पारेर उनले उपहार स्बरुप आफन्त तथा साथीभाईलाई दिने गरेकी छन् ।

 

उनी भन्छिन्, ‘ सक्ने भए त खेतबारीमा नै काम गर्न जान्थे, बाहिर काम गर्न सक्दिन त्यै भएर तुनतुन गरिरहन्छु, चुप लागेर बस्नु भनेको ज्यानमा रोग पाल्नु हो, यो बनाएर बेच्यो भने अलिअलि पैसा समेत आउछ ।’ आफुले तयार पारेको सामानहरु आफन्तलाई कोसेली पठाउने, पुरोहितलाई दान दिने र बाँकी भएको बिक्रि समेत गर्ने गरेको कोइली कुमारी बताउछिन् ।

खेर जाने सिमेन्टिका बोरा र वातावरण प्रदुषण गर्ने चाउचाउ बिस्कुटका प्लास्टीकहरुको सदुपयोग पनि हुन्छ, धेरै दुःख गर्नु पनि पर्दैन, थोरै लगानी र मेहनतमा ज्यादै राम्रा राम्रा चकटि ढक्की तयार हुने उनी सुनाउछिन् । कोइली कुमारी भन्छिन्–‘ बुनेका ढकीहरु बेच्नु भन्दा पनि धेरै उपहार दिने गरेको छु ।

कर्ममा नै दुःख गरेर खान लेखेको भएर पनि होला छोराछोरीले नगर्नु भने पनि काम गर्नु मन लाग्छ ।’ प्रयोग गरेर फ्यालेको चाउचाउ, बिस्कुट, तेल आदिका प्लास्टिकले बाबियोलाई बेरेर सिमेटिको बोराको धागोले बुट्टा समेत बनाउने गरेकी छिन् । ऊनको धागो र कहिल्यकाही बाबियो किन्नु पर्ने बाहेक केही अरु लगानी नहुने ठकुरीको भनाई छ ।

उनीले बुनेको झोला ३५० देखि ४०० सम्ममा, चकटि, किस्ति, ढकिया आदिलाई १५० देखि ३०० सम्ममा बेच्ने गरेकी छिन् । उनी ३ छोरा र ४ छोरीका आमा हुन् । उनी कान्छो छोरासँग बस्छिन् । उनको पनातिपनातिनी पनि छन् । ७९ वर्षको उमेरमा पनि उक्तिकै फुतिलो र जाँगरिलो दखिन्छिन् । उनी बाट धेरै प्रेरणा लिन सकिन्छ ।IMG_8316

प्रकाशित मितिः२०७४ असोज ११

वि.सं.२०७४ असोज ११ बुधवार १०:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...