back
NMB ad

वामपन्थी एकताबारे यसो भन्छन् कम्युनिष्ट नेताहरु

Kumari bank ad

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति नेपालवीच भएको तालमेल र एकता प्रयासलाई दक्षिणपन्थी र प्रतिक्रियावादी कदमको संज्ञा दिएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष गजुरेलले एमाले र माओवादी केन्द्रवीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिएका हुन् । उनले भने, ‘यो वाम एकताको प्रयास नै गलत छ, हुन त यो गठबन्धनले केही प्रभाव पार्दैन, र तीन पार्टीहरु अब दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रियाकरणको बाटोमा अघि बढेका छन्, त्यसैले उनीहरुको मोर्चा प्रतिक्रियाकरणको मोर्चा हो ।’
एमाले, माओवादी र नयाँशक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको उनको आरोप थियो । उनले भने, ‘यीनीहरुको यो वामतालमेलबाट कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउने कुरा त परै जाओस्, एकीकृत कम्युनिष्ट पार्टी बन्नेवाला पनि छैन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमालेको सच्चा देशभक्तको खोल पनि अहिले आएर नाँगिएको बताए । उनले भने, ‘एमालेको देशभक्तको मुकुण्डो उदांगियो, कम्युनिष्टहरुको नाममा कलंकहो, यो त भ्रष्टाचारीहरुको अखडा हो ।’ यद्यपी उनले तीन पार्टीवीचको गठबन्धनले नेपाली राजनीतिमा नयाँ धुव्रिकरण भने ल्याउने विश्वास दिलाए ।
त्यस्तै उनले माओवादी केन्द्र जनयुद्धको असली उत्तराधिकारी नभएको समेत आरोप लगाए । उनले भने,‘हुन त माओवादी केन्द्रले हामी नै जनयुद्धको उत्तराधिकारी हो भनेर जनतामा भ्रमपारो, तर यो सब झुठको खेती हो ।’
उनले क्रान्तिकारी र देशझक्तहरु सचेत भएर मोर्चावन्दीमा जुट्नुपर्नेमा समेत जोड दिए । उनले भने, ‘यो देशमा क्रान्तिकारीहरु शक्तिहरु छन्, त्यसैले अब एक भएर जुट्नुपर्छ ।’ एमाले र माओवादी केन्द्रको एकताको प्रयासले कांग्रेस भित्र पनि समस्या देखा परेको उल्लेख गर्दै कांग्रेसले छट्पटीमा पञ्चहरुलाई खोज्न थालेको उनको गुनासो थियो ।
नेता गजुरेलले एमाले र माओवादी केन्द्रको यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेको दाबी गरे । उनले भने, ‘यो गठबन्धन भ्रष्टहरुको सञ्जालहो, यसले मुलुक र जनताको लागि केही पनि गर्न सक्दैन्, तपाई लेखेर राख्नुहोस्, यहाँ सच्चा कम्युनिष्टहरु छैनन् ।’ उनले नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले त धेरै पहिल्यैदेखि नै कम्युनिज्म त्यागेको घोषणा गरेकोले उनी पनि यही मोर्चामा आउनु उनको लागि पनि नाँगो भएको आरोप थियो । उनले माओवादी केन्द्रले त एमालेसँग एकता गरेको नभएर आत्मसर्मण गरेको आरोप लगाए ।
गजुरेलले एमाले, माओवादी र नयाँशक्तिवीचको तालमेलले कम्युनिष्टहरुको मुलप्रवाह कुनै पनि हालतमा बन्नै नसक्ने ठोकुवा गरे ।
नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले वामएकताको प्रयास र एमाले, माओवादी केन्द्र र नयाँशक्तिवीचको तालमेलले वर्तमान सरकारलाई केही असर नपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘सरकार परिवर्तन नगर्ने शर्तमात्रै नै हामीले एमालेसँग गठबन्धन गरेका हौं, तालमेल गरेकाहौं ।’
नेता शर्माले वामतालमेलको प्रयासबारे आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै जानकारी दिएको उल्लेख गर्दै भने, ‘हामीले एमालेसँग वामतालमेल गर्नेबारे कांग्रेसलाई जानकारी दिएका थियौं, त्यसैले यो कसैका विरुद्ध लक्षित छैन ।’ उनले देउवा नेतृत्वको सरकारले नै निर्वाचन गराउने स्पष्ट पारे ।
शर्माले भने,‘यो सरकार दायाँबायाँ हुँदैन, देउवा नेतृत्वको सरकारले नै चुनाव हुन्छ, चुनाव अघि सरकार परिवर्तनको कल्पना पनि गर्न सकिँदैन ।’ त्यस्तै उनले एमाले र माओवादी केन्द्रवीचको तालमेल र एकता प्रयासबाट कोही पनि तरँगित हुनआवश्यक नरहेको स्पष्ट पारे ।
शर्माले पार्टीहरु फुटेर अघि बढ्नु भन्दापनि जुटेर अघि बढ्नु नै राम्रो कदम भएको बताए । उनले भने, ‘यसले त कांग्रेसलाई पनि फाईदा नै पुगेको छ, जनताले एकताबद्ध भएर बढेको हेर्न चाहन्छन्, त्यसैले विचार मिल्नेहरु एक भएर जानु नै बेश हुन्छ ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत पार्टी भित्र आन्तरिक व्यवस्थापन गर्न महत्वपूर्ण अवसर आएको समेत विश्वास दिलाए ।
राष्ट्र निर्माणको लागि एक भएर जानको लागि कम्युनिष्टहरु एक ठाउँमा उभिएको उनको तर्कथियो । उनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउनको लागि पनि पार्टीहरु बलियो हुनुपर्छ, कसैले कसैलाई कमजारे पार्नु हुँदैन् ।’ राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको लागि आफूहरुको एकता हुनलागेको र त्यसको लागि एकता संयोजन समिति समेत गठन भएको शर्माले जानकारी दिए ।
नेकपा मालेका महासचिवका सीपी मैनालीले आफ्नो पार्टीको चुनाव अघि एमाले– माओवादी केन्द्रसँग एकताको कुनै संभावना नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘अहिले उहाँहरुसँग एकताको कल्पना समेत गरिएको छैन, अहिले चुनावको मुखमा हामी छौं, हामीले बरु चुनावी तालमेलको बारेमा सोच्न सक्छौं, तर एकता हुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, अहिले एकता हुँदैन ।’
महासचिव मैनालीले आफूहरुको सैद्धान्तिक विचारदेखि लिएर अन्य विभिन्न पक्ष समेटेर महत्वपूर्ण आठ दश वटा विषयहरु रहेकोले त्यसमा सहमति नभएसम्म एमाले नेतृत्वको मोर्चासँग एकता नहुने ठोकुवा गरे ।
उनले थपे, ‘पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हामी छौं, तर विचार र सिद्धान्त मिल्नेहरुको वीचमामात्रै एकता हुनुपर्छ, हाम्रो अहिले उहाँहरुसँग कुनै एजेण्डा नै मिल्दैन ।’ उनले चुनावअघि एकताको कुरा गर्नेबारे आफूहरुलाई कुनै फुर्सद समेत नरहेको जिकिर गरे । मैनालीले भने, ‘नजाने गाउँको बाटो नै नसोध्नुहोस् ।’
नेता मैनालीले एमाले, माओवादी केन्द्र र नयाँशक्तिवीचको चुनावतालमेल र एकताप्रयास तमासा बन्न नहुने धारणा राखे । उनले थपे, ‘उहाँहरुवीचको एकताप्रयास अत्यन्तै सकारात्मक छ, म स्वागत नै गर्छु, हाम्रो पार्टीले स्वागत गर्छ ।’ त्यस्तै उनले माओवादीसँगको एकताप्रयासले एमालेलाई राष्ट्रवादी शक्तिबन्ने अवसरबाट कतै बञ्चित त भएको होईन भन्ने पनि बहस सुरु भएको टिप्पणी गरे ।
तर उनले तीन पार्टीवीचको एकताप्रयासले नेपालमा बहुमतको सरकार बन्ने ढोका खुलेको बताउँदै यो राम्रो संकेत भएको बताए । उनले थपे, ‘एमालेले केही गुमाएपनि मुलुकमा स्थिर सरकार बन्ने भयो, यो खुशीको कुरा हो ।’ दुवै दलहरुवीच धेरै कुराहरु मिल्ने भएकोले मिल्नु नौलो कुरा नभएको उनको तर्क थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले, माओवादी केन्द्र र नयाँशक्तिवीचको एकतालाई आफूहरुले नौलो विषयको रुपमा नलिएको र उनीहरुसँग आफ्नो पार्टीको एकता हुनै नसक्ने स्पष्ट पारे । उनले भने, ‘हाम्रो पार्टीले उनीहरुसँग एकता गर्दैन्, चुनावी एकतामात्रै हुन्छ ।’
अध्यक्ष केसीले तीन पार्टीवीचभएको एकतप्रयासलाई आफूले आश्चर्यको रुपमानलिएको बताए । उनले भने,‘तीन पार्टीवीचएकताप्रयास हुँदैमाकिन यस्तो खैलाबैला र रुवानी छ।’ संसदमा सँगै हिँडिरहेकादलहरुले चुनावीएकतागर्नु नौलो कुरा नभएको उनको टिप्पणी थियो ।
उनले भने, ‘अहिले अचम्म हुनुपर्ने थिएन, बरु अचम्म त एमाले र माओवादी केन्द्रसँगै हुँदा जसरी माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्यायो त्यो अचम्म थियो, यो त सामान्य नै हो ।’ एमाले, माओवादी केन्द्र र नयाँशक्तिको एउटै पहिरन, एउटै भान्छा भएकोले मिल्नु नौलो कुरा नभएको केसीले बताए ।
उनले मंसिरमा हुने चुनावमा एमाले–माओवादी केन्द्र र नयाँशक्तिवीचको गठबन्धनसँगै मात्रै नभएर नेपाली कांग्रेससँग पनि तालमेल हुने जनाए । उनले भने, ‘स्थानीयतहको निर्वाचनमा पनि हामीले धेरै ठाउँमा कांग्रेससँग तालमेल गरेका थियौं, फेरि पनि गर्छौं ।’

१८ असोज २०७४

वि.सं.२०७४ असोज १८ बुधवार १५:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...