back
NMB ad

धादिङबाट प्रदेश सभाका लागि नेत्रराज पौडेल सर्वसम्मत

Kumari bank ad

काठमाडौं । नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार छनोट गर्न चारवटै क्षेत्रको बैठक बुधबार सम्पन्न गरेको छ ।

प्रदेश सभामा चार वटा क्षेत्र रहेको मध्य क्षेत्र नं. १ अन्तर्गत (क) र (ख) को बैठक सकिएको छ । १(क) मा आठ जना आकांक्षीका बीचमा प्रदेश कमिटीका सदस्य नेत्रराज पौडेल निर्विरोध चयन भएका छन् ।

महादेवबेसीमा सम्पन्न प्रदेश क्षेत्रिय कमिटीको बैठकमा केदार खतिवडा, रामराजा पाण्डे, देवकी पौडेल, उद्दव लुईटेल, कुमार पाण्डे, सुरेश आचार्य, दिनेश रुपाखेतीले पनि उम्मेदवार हुने आकांक्षा राखेका थिए । बैठकले आकांक्षी सबैलाई जिल्ला कमिटिमा सिफारिस गर्दै आकांक्षी मध्यमा सबैभन्दा उपयुक्त पात्र नेत्रराज पौडेलको नाममा सर्वसम्मत निर्णय गरिएको व्यहोराको नोट लेखेर हस्ताक्षर गरी पठाइएको एमाले जिल्ला कमिटीका सदस्य नरेश खतिवडाले जानकारी दिए ।

मिजासिला स्वाभावका पौडेल जनताको प्रिय छन् । उनी विपक्षीमाझ पनि लोकप्रिय छन् । दक्षिण पुर्वको पार्टी संगठनमा पक्कड जमाएका उनी सोही भुगोलबाट २०५४ मा जिविस सदस्य भएका थिए । प्रदेश कमिटीबाट सो क्षेत्रको इञ्चार्जको जिम्मेवारी पाएका उनी पुर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुन् ।

नेकपा एमालेका निम्ति सबैभन्दा अनुकुल मानिएको सो क्षेत्रमा धेरै जनाको आकांक्षा हुनु स्वभाविक भएको एमाले नेताहरु बताउँछन् ।

एक नगरपालिका सहित तीन वटा स्थानीय तह रहेको सो क्षेत्रका तीन वटै तहमा एमाले निर्वाचित भएको थियो । धुनिवेशी नगरपालिका बाहेक थाक्रे र गल्छिमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन थियो । तीनवटै तहमा फराकिलो जित हासिल गरेको एमालेका निम्ति नेत्र पौडेल हुँदा झनै सहज हुने अनुमान गरिएको छ ।

त्यस्तै १(ख)को बैठकले चार जनाको नाम जिल्ला कमिटिमा सिफरिस गरेको छ । केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कंडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा, पार्टी सचिव शिवराज कंडेल र पुराना नेता देवप्रसाद त्रिपाठीको नाम सिफरिस गरेको छ ।
क्षेत्र नं. २ अन्तगर्तन दुवै क्षेत्रको बैठक चलिरहेकोले हालसम्म कुनै निर्णय नभएको एमाले नेताहरुले बताएका छन् ।

१८ असोज २०७४

वि.सं.२०७४ असोज १८ बुधवार १८:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...