सिन्धु विकास बैंकले निष्काशन गरेको ८० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने म्याद थप भएको छ । लगानीकर्ताले आगामी कात्तिक ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् ।
यसअघिको सूचनाअनुसार असोज २२ गते अन्तिम म्याद तोकिएको थियो । बैंकले गत भदौ १८ देखि एक सय रुपैयाँ अंकित दरका २० लाख ९७ हजार ५४० कित्ता हकप्रद बिक्री खुला गरेको थियो । भदौ ८ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरका आवेदन गर्न पाउनेछन् ।
बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । क्यापिटलको कार्यालय लाजिम्पाट तथा सिन्धु विकास बैंकको मुख्य कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक तथा शाखा कार्यालयहरु बाट आवेदन गर्न सकिन्छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, चिप्लेढुङ्गा पोखरा, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन गर्न सकिने बैंकले जनाएको छ ।
प्रकाशित मितिः २०७४ असोज २०
वि.सं.२०७४ असोज २० शुक्रवार ११:२६ मा प्रकाशित