back
NMB ad

हराएको हिराको औँठी १३ वर्षपछि गाजरमा भेटिएपछि

Kumari bank ad

क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी १३ वर्ष पहिले घरकै बगैँचामा हराएको थियो । त्यो सन् २००४ को कुरा थियो । अहिले मेरी ८४ वर्षकी छिन् ।

हराएको यति लामो समय हुुँदा समेत फेला नपरेपछि औँठी भेटिने आश उनले मारिसकेकी थिइन् । तर हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारिन्, एउटा गाजरको साथमा । सायद भाग्य यसैलाई भन्छन् । अझ रोचक त के भने मेरीले हिराको औँठी हराएको कुरा आजसम्म कसैलाई पनि भनेकी थिइनन् । आफ्नो लोग्नेसँग पनि लुकाएकी थिइन् कुरा । तर छोरालाई भने आमाको औँठी हराएको थाहा थियो । औँठी हराएको कुरा लुकाउन उनले बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औँठी किनेर लगाउने गरेकी थिइन् ।

अघिल्लो सोमबार मेरीकी बुहारीले जब खानका लागि करेसाबारीबाट एउटा गाजर उखेलिन् तब हिराको औँठीको रहस्यमय पर्दाफास भयो । वर्षौँसम्म माटोमै रहेको औँठी गाजरमा उनिएको अवस्थामा फेला पारिन् बुहारीले । उखेल्ने बित्तिकै नै अनौठो देखियो गाजर, कम्मर छिनेको जस्तो । जब उनले गाजरलाई पानीमा पखालिन् तब त गाजरले हिराको औँठी लगाएको प्रष्टै देखियो । बीबीसी

प्रकाशित मितिः २०७४ असोज २२

वि.सं.२०७४ असोज २२ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...