back
NMB ad

‘छक्का पञ्जा २’ को कारोबार १० करोड माथि

Kumari bank ad

काठमाडौ । असोज ११ फूलपातीको दिनदेखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले प्रदर्शन भएको दिन देखि नै दिनहुँ करोडको कारोबार गरिरहेको छ । यो सिनेमा दोस्रो सातामा पनि हाउसफूल छ ।

प्रदर्शनमा आएको ११ दिनमा सिनेमाले १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ । गत वर्षको रेकर्ड ब्रेकर सिनेमा ’छक्का पञ्जा‘को सिक्वेल ‘छक्का पञ्जा २’ ले छोटो समयमै नेपाली सिनेमाको इतिहासमा रचिएका प्रायः रेकर्ड तोडिसकेको छ ।

एक हप्तासम्म दिनहुँ करोडको कारोबार गर्ने पहिलो नेपाली सिनेमाको रेकर्ड ‘छक्का पञ्जा–२’ को नाममा छ । त्यस्तै रिलिज भएको पहिलो दिन सिनेमाले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा बाहुबलीले राखेको रेकर्ड पनि तोडिसकेको छ ।

देशभरका सयभन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ । अहिलेसम्म हलमा दर्शकको क्रेज र कारोबाका आधारमा ‘छक्का पञ्जा २’ ले आफ्नै सिक्वेलले राखेका रेकर्डहरु तोडेर अघि बढिरहेको छ । गत वर्ष सय दिन मनाएको ‘छक्का पञ्जा’ले सय दिन सम्म १७ करोडको कारोबार गरेको थियो । तर ‘छक्का पञ्जा २’ ले भने रिलिज भएको ११ दिनमै झण्डै १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ । सिनेमाको कारोबर अझै केही दिन यही गतीमा अघि बढ्ने पक्का छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाललगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

प्रकाशित मितिः २०७४ असो २३

वि.सं.२०७४ असोज २३ सोमवार ११:११ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...