back
NMB ad

स्काउट ज्याम्बोरेटको उपराष्ट्रपति पुनले उदघाटन गर्ने

Kumari bank ad

विराटनगर । उपराष्ट्रपति नन्दबहादुर पुनले विराटनगरमा हुने तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेट (भेला)को भोलि असोज २७ गते उद्घाटन गर्ने कायक्रम रहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न ३५ जिल्लाका करिब तीनहजार ५०० स्काउटर बालबालिकाले असोज २६ देखि ३० गतेसम्मको भेलामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त ज्याम्बोरेटमा १३ देखि १६ वर्ष उमेर समूहका स्काउटर विद्यार्थी बालबालिकाले सहभागिता जनाउने र त्यसका लागि सबै तयारी पूरा भइसकेको आयोजक समितिका क्षेत्रीय संयोजक शिवकुमार पौडेलले बताए । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा आयोजना हुने ज्याम्बोरेटमा सहभागी बालबालिकालाई साहसिक, सांस्कृतिक र मनोरञ्जनात्मक कला प्रदर्शन गर्दै राष्ट्रिय एकता मजबुत गरी समाजमा भाइचारा कायम गर्नु ज्याम्बोरेटको मुख्य उद्देश्य रहेको संयोजक पौडेलको भनाइ छ ।

क्याम्पस हातामा ४० वटा बेस—क्याम्प निर्माण गरी स्काउटर बालबालिकालाई आपत् विपत्मा सहयोग गर्ने स्वयंसेवी बन्नका लागि आत्मबल बढाउन सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइने आयोजक सदस्य नवलप्रसाद उपाध्यायले जानकारी गराए । यसअघि विसं २०५९ मा धरान र २०६९ मा झापाको दमकमा ज्याम्बोरेट सम्पन्न भएको थियो । पाँचदिने उक्त ज्याम्बोरेट सम्पन्न गर्न करिब रु २५ लाख खर्च लाग्ने आयोजक समितिका सदस्य किरण गिरीले बताए । रासस

प्रकाशित मितिः २०७४ असोज २६

वि.सं.२०७४ असोज २६ बिहीवार ०९:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...