सानिमा बैंकले दिनेभो १६ प्रतिशत शेयर बोनस

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज आश्विन २९ गते आईतबारका दिन १३ औ बार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पँुजीको १६ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यस संगै सानिमा बैंकको चुक्ता पुँजी रु. ८ अरब नाघेको छ ।

साथै, संस्थापन समूह (समूह “क”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकमा विनय कुमार श्रेष्ठ, तुकप्रसाद पौडेल र शाम्वा लामा निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०७३÷७४ मा खुद नाफा रु १.३३ अरव कमाएको सानिमा बैंकको कुल सम्पत्ति रु ६९.९५ अर्ब, कुल निक्षेप रु ५७.७५ अर्ब, तथा कर्जा सापटी खुद रु ५१.२६ अर्ब रहेको छ । आर्थिक वर्ष २०७२÷७३ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.२३, २४.६२, २६.७६, र २५.१६ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकको बित्तिय परिसूचक (असार मसान्त, २०७४)

  • निस्क्रिय कर्जा ०.०१ ५

  • पुँजी कोष १५.५७ ५

  • तरलता २६.०८ ५

  • कर्जा निक्षेप अनुपात ७१.६६५

प्रकाशित मिति २९ असोज २०७४

२०७४ असोज २९ गते २०:४० मा प्रकाशित

You can share this post!

१ किलो चामलको मूल्य १५ हजार !

लगानीकर्ताहरु भर्ने होईन त ? मेगा बैंकको २ करोड ९७ लाख कित्ता सेयर भर्ने म्याद थपियो

Related posts