back
NMB ad

२ कम्पनीको १२५% र १००% प्रतिशत हकप्रद भर्ने म्याद धेरै छैन,चाँडै भरिहाल्नोस् है !

Kumari bank ad

काठमाडौ । बेष्ट फाइनान्सले १२५ प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ । फाइनान्सले सुरुमा भदौ २७ देखि असोज ३० गते सम्मका लागि १ः१.२५ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

तर यो अवधिमा दसैैंको लामो बिदा परेकाले लगानीकर्ताको आग्रहमा म्याद थप गरेको फाइनान्सले जनाएको छ । यसआधारमा अब बेष्टको हकप्रद कात्तिक १४ गतेसम्म भर्न सकिनेछ । यस फाइनान्सले १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । जनरल फाइनान्सबाट केही दिनअघि मात्र नाम परिवर्तन गरेर बेस्ट फाइनान्स बनाइएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमल काठमाडौ तथा बेष्ट फाइनान्स (साबिकको जनरल फाइनान्स) मुख्य कार्यालय चाबहिल र शाखा कार्यालय पाको न्यूरोड, काठमाडौबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकको आदर्शनगर– १३ वीरगञ्ज, सहिद चोक नारायणघाट, पृथ्वीचोक कास्की, लोेकतान्त्रिक चोक बागलुङ, त्रिभुवन चोक नेपालगञ्ज र बिपि चोक बुटवलबाट पनि आवेदन दिन सक्नेछन् ।

यता समिट माइक्रोफाइनान्सको १०० प्रतिशत हकप्रद सेयर भर्ने म्याद बुधबार सकिंदैछ । यसआधारमा समिटको हकप्रद भर्न अर्ब ३ दिनमात्र बाँकी रहेको छ । कम्पनीले भदौ २९ गतेदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको हो । यसमा भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौ र समिट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय बिर्तामोड ७, झापासहित यसका अधिकांश शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । त्यसैगरी, सानिमा बैंकको धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नारायणगढ, वीरगञ्ज र जनकपुर शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

हाल समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ छ । कम्पनीले यो पुँजीको ३४.४८ प्रतिशत बोनस सेयर र १०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा पनि गरेको छ । हकप्रद र बोनसपछि भने चुक्ता पुँजी १६ करोड ९९ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ असोज ३०

वि.सं.२०७४ असोज ३० सोमवार ११:४८ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...