काठमाडौं । सानिमा बैंकको अध्यक्षमा बिनय कुमार श्रेष्ठ निर्बाचित भएका छन् ।
सोमबार सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट श्रेष्ठ दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
नव निर्वाचितलाई नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहकाबीच का.मु. गभर्नर श्री चिन्तामणि सिवाकोटीले सपथग्रहण गराएका हुन् ।
सपथग्रहण समारोमा नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरु, सानिमा बैंकका सञ्चालकहरु तथा उच्चपदिय कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०७४ असोज ३०
वि.सं.२०७४ असोज ३० सोमवार २१:२८ मा प्रकाशित