back
NMB ad

मेरो लगानी डटकमद्धारा डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक,लगानी सम्बन्धी निर्णय लिन सहयोगी

Kumari bank ad

काठमाडौ । समग्र आर्थिक क्षेत्र र विशेषगरी शेयरबजारको बिषयमा खबर पस्किंदै आएको मेरो लगानी डटकम दशौं बर्षमा प्रवेश गरेको छ । सन् २००७ अक्टोवरबाट सुरु भएको मेरो लगानी डटकमले सोमवार एक कायृक्रम गरी दशौँ वर्षगाठ मनायो । दशौं बार्षिक उत्सवको अवसरमा मेरो लगानी डटकमले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक गरेको छ । साथै उक्त कार्यक्रममा मेरो लगानीले आफ्नो सहप्रकाशन नेपाल जर्नल डटकम समेत औपचारीक रुपमा संचालनमा ल्याएको जानकारी दिएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डेटा एनालिटिक्स सफ्टवेयर तथा नेपाल जर्नल डटकमको उद्घाटन गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री कार्कीले मेरो लगानी डटकमले समग्र आर्थिक क्षेत्र र शेयरबजारको बिषयमा खबर सम्प्रेषण गरेर पुर्याएको योगदानको चर्चा गर्दे बधाई तथा शुभकामना व्यक्त गरे । अर्थमन्त्री कार्कीले मेरो लगानीले सार्वजनिक गरेको डेटा एनालिटिक्स सफ्टवेयरले सेयरबजारका लगानीकर्तालाई सूचीकृत कम्पनीहरुको बारेमा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिन सहयोगी हुने बताए । उनले नेपाल जर्नलको प्रगतिको लागि शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मेरो लगानी डटकमका महाप्रबन्धक विजय लुईटेलले मेरो लगानीले सार्वजनिक गरेको डेटा एनालिटिक्स सफ्टवेयरले सेयरबजारमा सूचिकृत रहेका सबै कम्पनीहरुको वित्तीय विवरणहरुलाई विश्लेषण गर्न सहयोग पुर्याउने बताए । उक्त सफ्टवयेरबाट लगानीकर्ताले सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थाहरुको तुलानात्मक विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिन सक्ने बताए ।

मेरो लगानीको उक्त सफ्टवेरमा नेप्सेमा सूचिकृत सबै कम्पनीहरुको विगत पाँच बर्ष यताको सबै डेटाहरु राखिएको छ । सफ्टवेयर प्रयोगकर्ताले आफुले चाहे बमोजिमको डाटाहरु यो सफ्टवेयरबाट लिन सक्नेछन् । यो सफ्टवेयरको अहिले बजारमूल्य बार्षिक ३५ सय रुपैयाँ राखिएको छ ।

????????????????????????????????????

महाप्रबन्धक लुईटेलले नेपाल जर्नलले समसामायिक बिषय वस्तुका साथै राजनैतिक क्षेत्रका खबरहरुलाई मुख्य प्राथमिक साथ प्रकाशित गर्ने बताए । लुईटेलले समाजमा रहेका सबै खालका घटनाक्रमहरुको अपडेटका साथै सरोकारवाला निकायहरुलाई खबरदारी गर्न नेपाल जर्नलले भूमिका खेल्ने दाबी गरे ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले स्वदेशी लगानीकर्ताको संरक्षण गर्दै धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन गृहकार्यमा बोर्ड जुटेको जानकारी दिए । उनले गैह्र आवसीय नेपालीले गर्ने लगानीको सिमा, मुनाफा फिर्ता लैजाने लयातका विषय टुङ्याउन बाँकी रहेकाले यसले मुर्त रुप लिन नसकेको बताए ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकास बैंक र लघुवित्त कम्पनीको परिसूचक छुट्टाएर बेग्ला बेग्लै बनाउन लागिएको जानकारी दिए । साथै उनले अनलाईन कारोबार छिटो सञ्चालनका लागि आफुले कार्यभार सम्हालेदेखि नै प्रयासरत रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल, आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष पुष्पराज आचार्य तथा ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल सरकार, धितोपत्र बोर्ड, नेप्से, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी, मर्चेन्ट बैंकर्स, सेयर लगानीकर्ता, ब्रोकर तथा विभिन्न सञ्चार माध्यमहरुबाट सहभागिता रहेको थियो ।

प्रकाशित मितिः २०७४ कार्तिक १

वि.सं.२०७४ कात्तिक १ बुधवार १२:३३ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...