back
NMB ad

पर्यटन मजदुर संगठनहरु यूनिट्राभ र नेस्वहोमयूद्धारा श्रम ऐन र सामाजिक सुरक्षा ऐनबारे प्रशिक्षण

Kumari bank ad

काठमाडौ । हालै पारित भएको नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐनबारे पर्यटन मजदुर संगठनहरु यूनिट्राभ र नेस्वहोमयूले संयुक्तरुपमा यस क्षेत्रका अगुवा महदुरहरुलाई प्रशिक्षण दिएको छ । नयाँ श्रम एेन, सामाजिक सुरक्षा एेनबारे पर्यटन क्षेत्रका श्रमिकहरुबीच अन्तक्रिया एवं शुभ दिपावली, नेपाल सम्तव, छठ, लोसार लगायतको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाबीच यी दुई संगठनले पर्यटन क्षेत्रका अगुवा मजदुर नेताहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।

कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)का महासचिव विष्णु लम्सालले योगदानमा आधारित समाजिक सुरक्षाबारे चर्चा गर्दै
सबै श्रमिकहरु यस ऐनमा समेटिनुपर्ने बताए । उनले औपचारिक अनौपचारिक सबै श्रमिकहरु विस्तारै सामाजिक सुरक्षा ऐनभित्र समाविष्ट हुने धारणा राखे ।

यस्तै नयाँ श्रम ऐनबारे प्रशिक्षणमूलक मन्तव्य राज्दै जिफन्टका उपमहासचिव जनक चौधरीले यस ऐनले अधिकारका साथसाथै चुनौति पनि थपेको भन्दै सबै श्रमिकले नयाँ श्रम ऐनबारे ज्ञान हासिल गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेस्वहोयूका अध्यक्ष सूर्यबहादुर कुँबरले नयाँ श्रम ऐन सँगै व्यवस्थापनसँग मिलेर यलो यूनियननिजम हुने खतरा बढेका भन्दै सचेत रहनुपर्ने बताए । त्यस्तै यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले आउटसोर्सिङ क्षेत्रका स्थायी प्रकृतिका श्रमिकलाई हटाएर नयाँ भर्ना गर्दै श्रमशोषण हुने गरेको भन्दै यसप्रती खबरदारी सुरु गर्नुपर्ने बेला आएको बताए ।

प्रकाशित मितिः २०७४ कार्तिक १

वि.सं.२०७४ कात्तिक १ बुधवार १३:४७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...