back
NMB ad

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन आज देखि सुरु

Kumari bank ad

बेइजिङः चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ ।बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा बुधबार बिहान सो महाधिवेशन सुरु गर्नुअगावै देखि नै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

उक्त महाधिवेशनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गरेका थिए ।

प्रत्येक पाँच वर्षमा हुने यस महाधिवेशनको चिनियाँ राष्ट्रपति सि चिनफिङले उद्घाटन गरे । उनले सो उद्घाटन सत्रको नेतृत्वगर्दै आफ्नो कार्यकालको उपलब्धि पनि सुनाउनुभएको थियो । राष्ट्रपतिले उक्त महाधिवेशनको उद्घाटन लगत्तै सम्बोधन पनि गरे ।

उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरुमध्ये अधिकांश हिजो नै बेइजिङ आइपुगेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ ।

यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ ।

चीनका वरिष्ठ नीति निर्माता रहने पार्टीको पोलिटब्यूरो स्थायी समितिमा पनि नेताहरु चयन गर्ने काम सो महाधिवेशनले गर्नेछ ।

उक्त पोलिटब्युरोमा को को रहने छन् भन्ने बारेमा पनि आउँदो साता यसै महाधिवेशनले अन्त्यतिर चयन गर्नेछ । यो चयनको कार्य महाधिवेशनको अन्त्यमा हुने बताइएको बेइजिङ्बाट प्राप्त समाचारमा जनाइएको छ ।

उक्त महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले पनि सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्नेछन् । सो महाधिवेशन बन्द कोठामा हुदैछ ।

यस महाधिवेशनले आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका नेताहरु छान्नुका साथै थप नीतिहरु पनि निर्माण गर्नेछ । यस पार्टीका आगामी कार्यक्रम र नीतिहरुका बारेमा पनि महाधिवेशनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।

भ्रष्टाचार विरोधी लडाईं जित्नुपर्छ

यसबैची चिनियाँ राष्ट्रपति चिनफिङले चीनले यतिखेर देशभित्रै भ्रष्टाचारका विरुद्धमा लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्नेमा आफू लागि परेको बताए ।

सो महाधिवेशनको उद्घाटन पछि गर्नुभएको सम्बोधनमा उनले सो धारणा राखे । उनले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको पनि स्पष्ट गरे ।

उनले भने – म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको हुँ र अहिलेसम्म लाखौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गरेको जानकारी पनि सो अवसरमा दिए ।

त्यस अवसरमा राष्ट्रपति चिनफिङले भन्नुभयो– हामी भ्रष्टाचारका विषयमा शुन्य सहनशीलतामा काम गर्नेछौँ, यो हाम्रो देशको लागि ठूलो चुनौती हो भनेर सबैले बुझ्नु जरुरी छ ।

उनले घुस लिने मात्र होइन कि घुस दिने मानिसलाई पनि कडाभन्दा कडा कारबाही गरिने आफ्नो सम्बोधनका क्रममा दोहोर्याउनुभएको थियो । यो कुरामा उनले पहिले देखि नै जोड दिँदै आएका छन् ।

उनले सो अवसरमा भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियानअन्तर्गत १० लाखभन्दा बढी अधिकारीहरुलाई कारबाही गरेको र सो कार्य आफ्नो कार्यकालको सफलता हो भनेर पनि सुनाए ।

सन् २०१२ मा राष्ट्रपति भएका सिले चीनमा भ्रष्टाचार विरोधी नेताका रुपमा आफूलाई शक्तिशाली बनाउदै आए । यो महाधिवेशन पछि पनि उनले पार्टीको प्रमुखकै रुपमा रहने अपेक्षा गरिएको छ ।

राष्ट्रपति सिले आफ्नो शासनकालमा चीनले हासिल गरेका उपलब्धिबाट बुधबारको भाषण शुरु गरे । सम्बोधनका क्रममा उनले समाजवादसहित चीन अब नयाँ युगमा प्रवेश गरेको पनि दाबी गरे ।रासस
प्रकाशित मितिः २०७४ कार्तिक १

वि.सं.२०७४ कात्तिक १ बुधवार १४:४३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...