back
NMB ad

स्थानीयकै श्रम र लगानीमा गाउँमा विजुली

Kumari bank ad

रामपुर । स्थानीयको श्रमदान र लगानीमा पाल्पाको माथागढी गाउँपालिका गोठादीमा विद्युत् विस्तार भएको छ । वर्षौंसम्म टुकीको भरमा जीवन गुजारा गरेका यहाँका स्थानीयवासीले आफ्नै श्रमदान र लगानीमा अहिले गाउँमा बिजुली बत्ती बाल्न सफल भएका छन् ।

सिंगो गाउँ नै झलमल हुने गरी ३० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाबाट बिजुली बलेपछि अहिले गाउँ नै उज्यालोमय बनेको छ । यहाँ नेपाल विद्युत् प्राधिकरणद्वारा वितरित विद्युत् पुग्न अझै वर्षौं लाग्नेछ तर स्थानीयको श्रमदान, लगानी र अथक मेहनतमा गाउँमा बिजुली बाल्न सफल भएको उपभोक्ता समितिका रनबहादुर खाम्चा बताउँछन् ।

गाउँका करिब ३०० घरपरिवारमा २४ सै घण्टा बत्ती बाल्ने सुविधा उपभोग गर्न पाएपछि स्थानीय उपाभोक्ता निकै उत्साहित भएका छन् । यहाँका एक घरपरिवारबाट झण्डै ३०० दिन श्रमदान र रु ३४ हजारका दरले रकम संकलन गरेर गाउँ उज्यालो पारेका हुन् । आयोजना सम्पन्न गर्नका लागि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रवाट रु ५२ लाख सहयोग प्राप्त भएको उपभोक्ता समितिका खाम्चाले जानकारी दिए ।

गाउँमा विद्युतीकरण भएपछि बिजुली बाल्न मात्र नभई मोबाइल चार्ज गर्न, रेडियो बजाउन, टिभी हेर्न, विद्यार्थीलाई पठनपाठन गर्न सजिलो भएको स्थानीय प्रेमबहादुर घर्ती बताउँछन् । टुकी बालेको भरमा आफ्नो जीवन चलाउने गाउँका जनतालाई उज्यालो मात्र भएको छैन, बिजुलीलाई आयमूलक कार्यमा लगाउन पनि पाएका छन् ।

बिजुलीको सुविधा पुगेपछि गाउँमा अहिले होटललगायतका विभिन्न व्यवसाय चलाउन सजिलो भएको होटल व्यवासायी भक्तबहादुर खाम्चाको भनाइ छ । खाद्यान्नका वस्तु कुटानी पिसानी गर्न, खाना पकाउन निकै सजिलो भएको इन्दिरा खाम्चाले बताए । “पहिलापहिला रातभरि ढिकी जाँतो गरेर गुजारा चलाउनु पथ्र्यो, अहिले गाउँमा बिजुली आएपछि यो समस्या सदाका लागि हटेको छ” उनले भने।

स्थानीयको जनश्रमदान र स्थानीयबाटै संकलित रकमबाट सम्पन्न जलविद्युत् आयोजनाबाट उद्योग सञ्चालनको लागि स्थानीय जनतासमक्ष गाउँपालिकाले सहजीकरण गर्ने र बाँकी खपत हुन नसकेको विद्युत् प्राधिकरणलाई बिक्रीका लागि गाउँपालिकाले समन्वयको भूमिका निर्वाह गर्र्ने योजना रहेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा बताउँछन्।रासस

प्रकाशित मितिः २०७४ कार्तिक २

वि.सं.२०७४ कात्तिक २ बिहीवार ११:०२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...