back
NMB ad

पूर्वप्रधानमन्त्रीलाई अदालतद्वारा भ्रष्टाचारी ठहर,जेल सजायँ हुने

Kumari bank ad

इस्लामाबाद । अदालतबाट बर्खास्तीमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

नाम नबताउने सर्तमा ति अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धि विवादमा दोषी ठहर गरिएको हो ।”

दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्विकार गरेकी छिन् । उनले अदालतको फैसला तुच्छ रहेको पनि बताएकी छिन् ।

“अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निश्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पुर्वाग्रही फैसला हामी मान्दैनौं,” उनले भनिन् ।

भ्रष्टाचारको मुद्धामा छानविन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो । पाकिस्तानको ७० बर्षको इतिहासमा प्रधानमन्त्रीको पूर्ण कार्यकाल नै पुरा नगरी बाहिरिनु परेका प्रधानमन्त्रीहरु मध्ये सरिफ १५औ प्रधानमन्त्री हो ।

उनी र उनको परिवारले पदको दुरुपयोग गरी अत्याधिक विलासी जीवनशैली अप्नाएको, लण्डनमा अकुत सम्पत्ति संकलन गरेको लगायतको विवरण सहितको समाचार गत बर्ष पानामा पेपरले सार्वजनिक गरेको थियो । रासस÷एएफपी

प्रकाशित मितिः २०७४ कार्तिक ३

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार ०९:०९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...