back
NMB ad

ह्वात्तै बढ्यो ढाकाको व्यापार

Kumari bank ad

पाँचथर । तिहारको समयमा जिल्लामा ढाकाको व्यापार ह्वात्तै बढेको छ । ढाकाबाट बनेको टोपी, मखलर, कुर्तासुरुवाल, सारी, ब्लाउज, पछ्यौरा, चौबन्दी, सर्ट लगायतका कपडाको व्यापार बढेको हो ।

अरू समयमा मुस्किलले महिनामा रु ५० हजारदेखि रु एक लाखसम्म ढाकाका सामान बिक्री हुने भए पनि तिहारको समयमा दैनिक रु ५० हजारको हाराहारीमा सामान बिक्री भएको फिदिम बजारस्थित ‘प्रतिमा ढाका पसल’का सञ्चालक तिवेन्द्र राना मगरले बताए । उनले भने, “विशेषगरी भाइटीकाको दिन टीका लगाएर चेलीले माइतीलाई र माइतीले चेलीलाई उपहार दिने चलन छ, त्यसैले ढाकाको कारोबार बढेको हो ।”

फिदिमबजारमा तयार भएका ढाकाका सामान पाँचथरका गाउँगाउँसम्म, ताप्लेजुङ, तेह्रथुम लगायतका जिल्लासम्म पठाउने गरिएको छ । यहाँ तयार गरिएका ढाकाका सामान अमेरिका, जापान, बेलायत लगायतका देशमा समेत निर्यात गरिँदै आएको छ । रासस

प्रकाशित मितिः २०७४ कार्तिक ३

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार ०९:४७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...