शिक्षाप्रति आकर्षण बढाउन सांसद विकास कोषबाट छात्रालाई साइकल

रौतहट । विना विभागीय मन्त्री प्रभुु साहकोे सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई रु छ लाख बराबरको साइकल वितरण गरिएको छ । महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न मावि सिम्रा भवानीपुरमा कक्षा ८ र ९ मा अध्ययनरत ती छात्रालाई साइकल वितरण गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युुरो सदस्य वहीद अन्सारी, केन्द्रीय सदस्य त्रिभुुवन साह र गुुजरा नगरपालिकाका प्रमुखका प्रत्यासी पलट चौधरीसहितको सहभागितामा साइकल वितरण सम्पन्न भएको हो । उक्त सहयोगबाट विद्यार्थीको अध्ययनमा टेवा पुुग्ने प्रधानाध्यापक रामेश्वर चौधरीले बताए । रासस

प्रकाशित मितिः २०७४ कार्तिक ३

२०७४ कार्तिक ३ गते ०९:५१ मा प्रकाशित

You can share this post!

ह्वात्तै बढ्यो ढाकाको व्यापार

पर्यटन बोर्डका सीईओले गीत गाएर नाच्दै कार्यक्रमको उद्घाटन गरेपछि....(फोटोफिचर)

Related posts