तपाईसँग कुन बैंकको सेयर छ ? दुई बैंकको ८०% र ५०% हकप्रद भर्ने अवसर नछुटाउनुहोला !

काठमाडौ । भार्गव विकास बैंकले ८० प्रतिशत हकप्रद निष्काशन गर्न कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, कात्तिक १४ गतेसम्म कायम भार्गवका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।

बैंकले १०ः८ अनुपातमा २१ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।bhargav

यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्न कार्तिक १७ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, कात्तिक १६ गतेसम्म कायम काउन्ट मकालुका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।mount makalu right share

बैंकले हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकलाई २ः१ अनुपातमा १०० रुपैयाँ दरको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

उक्त हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले गर्नेछ । हकप्रद बिक्री गरिसकेपछि माउन्ट मकालुले चुक्ता पुँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक ७

२०७४ कार्तिक ७ गते ११:१८ मा प्रकाशित

You can share this post!

आजदेखि सूर्य देवको पूजा आराधना गर्ने छठ पर्व शुरु

२८१% हकप्रद निष्काशन हुँदै,आफ्नो सेयर हेरेर भर्ने तयारीमा बस्नुहोस् !

Related posts