कार्तिक १४ भित्रमा सेयर किन्नुहोस् र पाउनुहोस् २०% बोनसका साथमा ३५% हकप्रद पनि…

काठमाडौ । सिद्धार्थ इन्स्योरेन्सले कार्तिक २९ गते साधारण सभा बोलाएको छ । कम्पनिले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनिको कात्तिक १ गते बसेको १२३ औ संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट ३५ प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेको छ। उक्त लाभांश प्रस्ताब बिमा समिति र कम्पनीको आगामी १६ औ वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ।

बोनस प्रयोजनका लागि कम्पनिले कार्तिक १५ गते देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । यस आधारमा कार्तिक १४ गते भित्र सेयर किन्ने वा सेयर स्वामीत्व भएकाहरुले उक्त बोनस प्रप्त गर्न सक्नेछन् ।

प्रकाशित मितिः २०७४ कार्तिक ७

२०७४ कार्तिक ७ गते १२:०५ मा प्रकाशित

You can share this post!

२८१% हकप्रद निष्काशन हुँदै,आफ्नो सेयर हेरेर भर्ने तयारीमा बस्नुहोस् !

बचतपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंक

Related posts