back
NMB ad

कालीगण्डकीमा स्टिमर सेवा सुचारु,पर्यटकको चहलपहल बढ्दै

Kumari bank ad

फलेवास, पर्वत । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जलयातायात (स्टिमर सेवा) सुचारु भएको छ । नदीमा पानीको बहाव घट्दै गएकाले सोमबारदेखि स्टिमर सेवा सुचारु गरिएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि ठप्प पारिएको स्टिमरसेवा सोमबारदेखि सञ्चालनमा ल्याइएको बिहादी गाउँपालिका–६ शालिग्रामकी सचिव सुनकुमारी भट्टराईले जानकारी दिए ।

जलयातायात सेवा सुचारु भएपछि पर्वत, स्याङ्जा र गुल्मीका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन् । खासगरी चाडबाड मनाउन गाउँ आएका नागरिकलाई फर्कन सहज भएको छ । विगत १७ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि दर्जनौँ गाउँका बासिन्दा यातायातको सुविधा लिदै आएका छन् । वर्षात्को समयमा दुर्घटना बढ्ने खतराका कारण तीन महिना सो सेवा अवरुद्ध हुने गरेको छ ।

विहादी गाउँपालिका–६ शालिग्रामदेखि स्याङ्जाको मिर्मिसम्म करिब सात किलोमिटरको दुरीमा जलयातायात सञ्चालनमा आएपछि गुल्मी, स्याङजा र दक्षिण बागलुङका बासिन्दालाई यात्रा गर्न सहज भएको छ । वर्षायाममा तीन महिना सास्ती खेप्नु परेको व्यवसायी विष्णु न्यौपानेले बताए । पानीको सतह घटेपछि मात्र स्टिमर सेवा सञ्चालनमा आएको हो । अहिले नियमित ११ वटा स्टिमरबाट यस क्षेत्रका बासिन्दा ओहोरदोहोर गर्दै आएका छन् । यस क्षेत्रका बासिन्दाको चार घण्टाको यात्रा आधा घण्टामै गर्न सहज भएको छ ।

स्टिमर व्यवसायी हरिप्रसाद भट्टराईकाअनुसार यातायात अवरुद्ध हुँदा दैनिक आधाघण्टामा सकिने यात्रा चार घण्टाको पैदलयात्रा हिँडेर स्याङजाको मिर्मिसम्म पुग्न यहाँका बासिन्दा बाध्य बनेका थिए । उक्त जलायशयमा स्टिमर सेवा सुचारु भएपछि यहाँका बासिन्दाले हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका छन् । विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न सहज भएको भट्टराईले बताए ।

स्टिमरबाट दैनिक एक हजारभन्दा बढिले नदी ओहोरदोहोर गर्ने गरेका छन् । कालीगण्डकी जल यातायात समितिमार्फत दैनिक ११ वटा स्टिमर सञ्चालनमा छन् । एउटा स्टिमरमा एकसयदेखि १५० जनासम्म यात्रु एकैपटक ओहोरदोहोर गर्न मिल्छ । सेतीवेणीबाट जलयात्रा शुरु गरी मिर्मिमा पुगेर बसमार्फत यस क्षेत्रका बासिन्दा गन्तव्यमा पुग्ने गरेका छन् । विश्वकै ठूलो शालिग्राम शीलासमेत सोही स्थानमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकसमेत स्टिमर चढेर यहाँ आउने गरेका र उनीहरुको चहलपहल बढ्दै गएको छ ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक ७

वि.सं.२०७४ कात्तिक ७ मंगलवार १३:३७ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...