काठमाडौ । प्रुडेन्सियल इन्सुरेन्सले २० प्रतिशत बोनस र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४२ करोड ७६ लाख ७८ हजार रुपैयाँको २० प्रतिशत बोनस र १.०५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई अब हुने १६ औं वार्षिक साधारण सभामा पेस गरिनेछ ।
उक्त प्रयोजनको लागि इन्स्योरेन्सले आगामी कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसआधारमा इन्स्योरेन्सको लाभाँश प्राप्त गर्नका लागि कार्तिक १६ सम्ममा यसको सेयर किनिसक्नुपर्ने हुन्छ ।इन्स्योरेन्सले मंसिर १ गते साधारण सभा गर्ने भएको छ ।
प्रकाशित मितिः२०७४ कार्तिक ८
वि.सं.२०७४ कात्तिक ८ बुधवार १२:१७ मा प्रकाशित