back
NMB ad

संविधान कार्यान्वयन गराउन निजामती सेवा समर्पित

Kumari bank ad

काठमाडौँ । नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले संविधान कार्यान्वयन र यसका भावना एवं मर्मअनुरुप निजामती सेवालाई समर्पित गराउन ध्यान दिइने बताए ।

आजदेखि आफ्नो पदको कार्यभार सम्हाल्दै उनले भने – “मेरो मुख्य दायित्व र काम सरकारका नीतिनिर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु हो, म यही कामका दत्तचित्त रहन्छु, यही नै मेरो प्राथमिकता हो ।”

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले रेग्मीलाई निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री थिए । मुख्य सचिवमा नियुक्ति हुनुअघि रेग्मी गृहसचिव थिए ।
मुख्य सचिवले रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सेवालाई अझ चुस्त एवं व्यवस्थित बनाउन र यसका सांगठनिक पुनरवलोकन गर्न अध्ययन समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरी सदर गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार हेर्ने सचिवको संयोजकत्वमा सो समिति गठन गरिएको हो । सो समितिलाई आफ्नो काम शुरु गरेको दुई महिनाभित्र प्रतिवेदन तयार गर्न कार्यादेश दिइएको छ । मुख्यसचिव रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव एवं विभिन्न मन्त्रालयका विशिष्ट श्रेणीका कर्मचारीले स्वागत गरे । रासस
प्रकाशित मितिm २०७४ कार्तिक ८

वि.सं.२०७४ कात्तिक ८ बुधवार १३:५४ मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...