back
NMB ad

कृषि सेवा केन्द्रबाटै किसानलाई  तरकारीको  बेर्ना अनुदानमा

Kumari bank ad

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० मा रहेको कृषि सेवा केन्द्रले तरकारीको नर्सरी तयार गरी किसानलाई अनुदानमा बेर्ना उपलब्ध गराउन थालेको छ ।

नगरपालिकाको वडा नं १० को आर्थिक सहयोगमा केन्द्रले कार्यालयको हाताभित्र रहेको जग्गामा उन्नत तरकारीको नर्सरीमा बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेको हो ।

“काउली, बन्दागोभी, ब्रोकाउली, खुर्सानी, भण्टा र गोलभेँडाका बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेका छौँ”, केन्द्रका प्रमुख वीरबहादुर कुँवरले भने ।

केन्द्रलाई तरकारीको बेर्ना तयार गर्नका लागि पोलि ब्याग, ह्याण्डपम्प, पाइप, रसायनिक मल र विषादी खरिदका लागि वडा कार्यालयका तर्फबाट रु ५० हजार रकम प्रदान गरेको वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो । सेवा केन्द्रले यसअघि किसानलाई तरकारीको बीउ मात्रै उपलब्ध गराउँदै आएको थियो ।

नर्सरीमा २० हजार तरकारीका बिरुवा उत्पादन गरिएका छन् । तरकारीको बेर्ना लगेर खेतमा रोप्ने किसानबाट लागत खर्च मात्रै लिने गरेको कुँवरले बताए । नर्सरीमा उम्रेका बेर्ना ५० हेक्टर जग्गामा लगाउन पुग्ने छन् । तरकारी खेती गर्ने किसानलाई व्यावसायिक बनाउनका लागि नगरपालिका क्षेत्रमा घुम्ती शिविर आयोजना गरी निःशुल्क तालीम दिने व्यवस्थासमेत गरिएको छ ।

कृषि सेवा केन्द्रले किसानलाई तरकारी खेतीतर्फ आकर्षित गर्न निःशुल्करुपमा ५०० प्याकेट तरकारीको बीउ वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा ५२ जना किसानलाई उन्नत जातको तरकारीको बीउसमेत उपलब्ध गराएको छ । रासस

प्रकाशित मितिः२०७४ कार्तिक १०

वि.सं.२०७४ कात्तिक १० शुक्रवार १३:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...