तपाईसँग कुनको सेयर छ ? आजबाट खुल्यो ४०% हकप्रद

काठमाडौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको आइतबार (कात्तिक १२ गते) देखि ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १०ः४ अनुपातमा (प्रत्येक १० बराबर ४ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८.७७ कित्ता अर्थात् १९ करोड ७३ लाख रुपैंया बराबरको सेयर बिक्री गर्न लागेको हो ।

मंसिर १८ गतेसम्म यो हकप्रद भर्न पाइनेछ । असोज २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौ र गुहेश्वरीको हरिहर भवन, पुल्चोक ललितपुर तथा कम्पनीका अधिकांश शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखाबाट पनि सेयर भर्न पाइनेछ ।

हाल गुहेश्वरीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार १९२ रुपैयाँ छ । हकप्रद निष्काशनपछि भने कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख ७५ हजार ६९ रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक १२

२०७४ कार्तिक १२ गते १०:४१ मा प्रकाशित

You can share this post!

संस्थाको कोषलाई पारदर्शी तथा पर्यटकीय गतिविधीमा मात्र केन्द्रित गर्छु : तिमल्सिना

दुई बैंक मर्जका लागि साधारण बोलाईयो,हेर्नुस् कति छ स्वाप रेसियो ?

Related posts