back
NMB ad

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य निर्वाचित

Kumari bank ad

बाबियाचौर, म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राति सम्पन्न भएको संघको २४ औँ साधारणसभा तथा दशौँ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको सदस्यहरुमा बेलबहादुर कटुवाल, सुविन श्रेष्ठ, राजेश शाक्य, लीलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, ठाकुरप्रसाद शर्मा, नारायण जीसी, तारानाथ रेग्मी, राजकुमार श्रेष्ठ, गोपाल पौडेल, गणेश श्रेष्ठ, चन्द्र बराइली, बाबुराम आचार्य, बोमबहादुर केसी, कमल विश्वकर्मा, गोपाल रेग्मीलगायत निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्मा, महिला उद्यम विकास समितिका सभापति, दरवाङ एकाईका सभापति र वस्तुगततर्फबाट पुस्तक तथा स्टेशनरी व्यवसायी संघ पदेन सदस्य रहने संघको निर्वाचित कार्यसमितिको पहिलो बैठकले वरिष्ठ उपाध्यक्ष, प्रथम, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव र ६ जना सदस्य मनोनित गर्ने जनाइएको छ ।

संघको अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीमा प्रशस्त सम्भावना रहेको जलविद्युत, पर्यटनको विकास र कृषिको आधुनिकीकरणमा निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक रहेको बताए । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १२

वि.सं.२०७४ कात्तिक १२ आइतवार १२:४० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...