back
NMB ad

नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री सोमबार भारत भ्रमणमा….

Kumari bank ad

नयाँदिल्ली । इटलीका प्रधानमन्त्री पाओलो गेन्टीलोनी सोमबार भारत भ्रमणमा आउन लागेका छन् । औपचारिक भ्रमणको रुपमा उनी भारत आउन लागेको भारतको विदेश मामिला मन्त्रालयले जनाएको छ ।

झण्डै दशकभन्दा बढी समयपछि इटलीका प्रधानमन्त्रीको यो पहिलो भारत भ्रमण हुन लागेको अधिकारीले बताएका थिए । यसअघि गत सन् २००७ को फेब्रुअरीमा इटलीका प्रधानमन्त्रीले भारतको भ्रमण गरेका थिए ।

अहिलेका प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी श्रीमती र अरु १५ जना प्रतिनिधिमण्डलका सदस्य रहनेछन् । प्रधानमन्त्री गेन्टीलोनीले सोमबार नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारका उच्च अधिकारीसँग भेटबार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा इटलीका प्रधानमन्त्रीको भ्रमण हुन लागेको विदेश मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

उनीहरुले दुई देशको राजनीतिक र आर्थिक सम्वन्ध थप बलियो बनाउने भ्रमणको मुख्य उद्देश्य रहेको पनि जानकारी दिएका छन् । सन् २०१६ र २०१७ को कारोबार हेर्दा युरोपेली संघमा आवद्ध देशमध्ये इटली भारतको पाँचौं ठुलो व्यापारिक साझेदार मुलुक हो । त्यसैगरी भारतमा लगानी गर्ने देशमध्ये इटली तेह्रौं ठुलो लगानीकर्ता हो । भारतमा उनीहरुको लगानीमा झण्डै ६०० ओटा व्यापारिक तथा औद्योगीक प्रतिष्ठान रहेका छन् । विषेशगरेर फेसन, पोशाक, मोटरकार र आपतकालिन सेवालगायतका क्षेत्रमा इटलीको लगानी भएको देखिन्छ ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक १२

वि.सं.२०७४ कात्तिक १२ आइतवार १६:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...