back
NMB ad

कुन प्रदेशमा चालु आव भित्र स्वास्थ्यका ३१ नयाँ भवन बन्दै ?हेर्नुहोस्

Kumari bank ad

बैतडी । बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुदूरपश्चिममा बन्ने ३१ वटा नयाँ भवनमध्ये १५ वटा बैतडीमा बन्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ।

बैतडीमा चालु आवमा शंकरपुर स्वास्थ्य चौकी, डिलाशैनी स्वास्थ्य चौकी, विजयपुर स्वास्थ्य चौकी, दशरथचन्द स्वास्थ्य चौकी, वसन्तपुर स्वास्थ्य चौकी, थालाकाँडा स्वास्थ्य चौकी, जोशीबुंगा स्वास्थ्य चौकी, न्वादेउ स्वास्थ्य चौकी, देहीमाण्डौं स्वास्थ्य चौकीका नयाँ भवन निर्माण हुनेछन् ।

यसैगरी, न्वाली स्वास्थ्य चौकी, हाडाकोट स्वास्थ्य चौकी, उदयदेव स्वास्थ्य चौकी, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, हटैराज स्वास्थ्य चौकी र जिल्ला अस्पतालको स्टाफ क्वाटरको नयाँ भवन बन्नेछन् ।

गत आवमा बैतडीमा १२ वटा स्वास्थ्य चौकीका भवन निर्माण कार्य शुरु गरिएका थिए । योसँगै बैतडीमा रहेका ६८ वटा स्वास्थ्य संस्थामध्ये ३८ स्वास्थ्य संस्थामा नयाँ भवन बन्ने भएका छन् । बाँकी रहेका ३० स्वास्थ्य संस्थाका भवन पनि आगामी वर्षमा नयाँ भवन निर्माणका लागि आग्रह गरिने डा अवस्थीले बताए ।

सुदूरपश्चिमका अन्य जिल्लामा १७ वटा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चालु आवमा दार्चुलाको खण्डेश्वरी स्वास्थ्य चौकी, देथला स्वास्थ्य चौकी र गोकुलेश्वर अस्पतालको नयाँ भवन निर्माण कार्य शुरु हुनेछ ।

यस्तै, कैलालीको टीकापुर अस्पतालमा स्टाफ क्वाटर, नर्सिङ क्वाटर र तालीम कक्ष नयाँ बन्नेछ भने डोटीको गुगडा र धिर्कामाण्डौं स्वास्थ्य चौकीमा पनि नयाँ भवन बन्नेछ ।

यसैगरी, डोटीकै सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ स्टाफ क्वाटर बन्नेछ । बझाङको पीपलकोट स्वास्थ्य चौकी र लुयटा स्वास्थ्य चौकीमा नयाँ भवन बन्नेछ भने अछामको कुस्कोट स्वास्थ्य, नवठाना बर्थिङ युनिट, बन्नातोली स्वास्थ्य चौकीमा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै, कञ्चनपुरको जिमुवा स्वास्थ्य चौकी र बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन बन्नेछ । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा बनेका तथा बन्ने नयाँ स्वास्थ्य भवन निर्माणले स्वास्थ्य सेवा सहज हुने विश्वास गरिएको छ ।

बैतडीमा ३८ स्वास्थ्य संस्थाका नयाँ भवन

बैतडीमा आव २०७० सालदेखि चालु आवसम्ममा ३८ वटा स्वास्थ्य संस्थाका नयाँ भवन निर्माण हुने भएका छन् । गत आवसम्म २३ वटा भवनको निर्माण कार्य शुरु भएकोमा चालु आवमा १५ वटा भवन निर्माणका लागि स्वीकृति आएको छ । ६८ वटा स्वास्थ्य संस्थामध्ये अब ३० वटाको मात्रै नयाँ भवन बन्न बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अवस्थीले बताए ।

नयाँ भवन निर्माणका लागि स्वास्थ्य संस्थाको नाममा जमिन अनिवार्य हुनुपर्छ । कम्तीमा पाँच रोपनी जमिन आफ्नो नाममा भएको स्वास्थ्य संस्थाका भवन निर्माणका लागि पहल गर्न सकिने डा अवस्थीले जानकारी दिनुभयो । स्वास्थ्य संस्था भौतिकरुपमा सबल हुँदा सेवा पनि गुणस्तरीय दिन सकिने भएकाले भौतिक सुविधा पनि आवश्यक रहेको उनले बताए ।

सुपवासीको स्वास्थ्यमा पहुँच पुग्दै

पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ । पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गर्दा सुदूरपश्चिमका चार जिल्ला उत्कृष्ट १० भित्र परेका छन् । आव २०७३÷०७४ मा उत्कृष्ट स्वास्थ्य सेवा दिने दोस्रो नम्बरमा सुदूरपश्चिमकै अछाम परेको छ । ८८ दशमलव ३९ अंक लिएर अछाम दोस्रो बनेको हो ।

यस्तै, दार्चुला पाँचौँ स्थानमा छ भने गत वर्ष तेसं्रो नम्बरमा रहेको बैतडी यो वर्ष भने छैटौँ नम्बरमा परेको छ । अघिल्लो वर्ष ९० दशमलव ४ अंक पाएको बैतडीले यस वर्ष भने ८४ दशमलव ७३ अंक मात्र पाएको छ । आव २०६७÷६८ मा बैतडी ६८ औँ नम्बरमा रहेको थियो । बझाङ पनि देशभरिमा १० औँ नम्बरमा रहँदै उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।

सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेकोे जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा अवस्थीले बताउनुभयो । उनले भने “स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फछ्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मूल्यांकन गरिएको हो ।”
रासस
प्रकाशित मितिः २०७४ कार्तिक १५

वि.सं.२०७४ कात्तिक १५ बुधवार १०:२० मा प्रकाशित

You can share this post!

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट   

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट   

वि.सं.२०८० चैत ६ मंगलवार १४:४६

काठमाडौँ, ६ चैतः अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ...

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग   

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग   

वि.सं.२०८० चैत ६ मंगलवार १४:४०

काठमाडौँ, ६ चैतः उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी...

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको सवाल-जवाफ, कसले के सोधे ?  (पूर्णपाठ)   

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको सवाल-जवाफ, कसले के सोधे ? (पूर्णपाठ)   

वि.सं.२०८० चैत ६ मंगलवार १४:३६

काठमाडौँ, ६ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल...

कृषि विकास बैंकद्वारा लेखापरीक्षक नियुक्त

कृषि विकास बैंकद्वारा लेखापरीक्षक नियुक्त

वि.सं.२०८० चैत ६ मंगलवार १४:२३

काठमाडौं । कृषि विकास बैंकले लेखापरिक्षक नियुक्त गरेको छ ।...

पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन   

पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन   

वि.सं.२०८० चैत ६ मंगलवार १४:१०

फिक्कल (इलाम), ६ चैत : इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा...

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

वि.सं.२०८० चैत ६ मंगलवार १२:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ६ चैतः “सोमबार दिउँसो १२...