back
NMB ad

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ् प्रतियोगिता स्याङ्जामा सुरु

Kumari bank ad

स्याङ्जा । स्याङजाको सोरेकमा बुधबारबाट अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । स्याङजाको भीरकोट नगरपालिकाको सोरेक मैदानमा सुरु भएको प्रतियोगिता कात्तिक २० गते सम्म सञ्चालन हुनेछ ।

बाबुु एडभेन्चर क्लवको आयोजना एवं स्याङजाका ११ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल पर्यटन वोर्ड र राष्ट्रिय खेलकुद परिषदकोे सहयोगमा प्रतियोगिता गरिएको हो ।

पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ प्रतियोगितालाई आधिकारिकता दिँदै राष्ट्रिय खेलकुद परिषदले सन् २०१८ मा इन्डोनेसियामा हुने एसियाली खेलकुदका लागि हवाई खेलाडी छनौट गर्ने जनाएको छ । जसमा नेपाली खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगितामा नेपाललगायत २० देशका तीन सयभन्दा बढी प्यारापाईलटहरुको सहभागिता रहने क्लवले जनाएको छ । प्रतियोगितालाई हवाई खेल क्षेत्रको सर्वोच्च संस्था एफएआई ( फेडेरेसन अफ एरोनोटिक इन्टरनेसनल) ले मान्यता दिएर आधिकारिक निर्णयसमेत पठाएको क्लवका प्रमुख प्रशिक्षक सानुवावु सुनुवारले जानकारी दिएका छन् ।

क्रस कन्ट्री प्रतियोगिता निश्चित स्थानबाट निश्चित स्थानमा पुगेर ल्याण्ड गर्ने, नेपालको पाइलटहरुको पर्यटक बोेकेर उडान क्षमता पत्ता लगाउन टेन्डम पाइलट प्रतियोगिता र ओलम्पिकमा सहभागी हुन एक्यूरेसी प्रतियोगिता (सानो बाकस भित्र ल्याण्ड गर्ने) हुने छ । टेन्डम प्रतियोगिता नेपाली पाइलटहरुमा मात्रै संचालन हुने छ भने अरु सबै खुल्ला रुपमा प्रतिस्पर्धा गराइने आयोजकको भनाई छ ।

फाईल फोटो

प्रकाशित मितिः २०७४ कार्तिक १६

वि.सं.२०७४ कात्तिक १६ बिहीवार ०७:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...