काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से ३.७० अंकले घटेर १ हजार ५ सय २२.८१ अंकमा पुगेको छ । दिनभरिमा १५५ वटा कम्पनीको ११ लाख १० हजार ८०७ कित्ता सेयर ४५ करोड ५७ लाख ५५ हजार ९७४ रुपैयाँमा कारोबार भएको छ ।
साताको चौँथो दिन नेप्से ७.०२ अंकले घटेर १ हजार ५ सय २६.५१ अंकमा पुगेको थियो । दिनभरिमा १५९ वटा कम्पनीको १०लाख ३१ हजार ८३२ कित्ता सेयर ४२ करोड २६ लाख ४४ हजार २ सय ४४ रुपैयाँमा कारोबार भएको थियो ।
आज व्यापार, जल विद्युत, फाइनान्स ,विमा समूहका उकालो लागेका छन् भने बैँक, होटल, विकास बैँक उत्पादन र अन्य समूह र माइक्रो फाइनान्स समूहहरु ओरालो लागेका छन् ।
क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८९ अंकले घटेको छ ।
प्रकाशित मितिः२०७४ कार्तिक १६
वि.सं.२०७४ कात्तिक १६ बिहीवार १७:११ मा प्रकाशित