back
NMB ad

चिकित्सा क्षेत्रकै जटिल शल्यक्रिया बेनी अस्पतालमा गरिन्छ

Kumari bank ad

बेनी । मंगला गाउँपालिका बरंजाकी ३० वर्षीया एक युवतीको पाठेघरभित्र र बाहिर दुवै स्थानमा गर्भ बस्यो । तीन वर्षअगाडि विवाह गरेकी उनको पहिलो गर्भ खेर गएको थियो ।

स्थानीय स्वास्थ्य चौकी र बेनी अस्पतालमा गर्भ जाँच गर्न आएकी ती युवतीलाई पहिलो गर्भ खेर गएपनि दोस्रो पटकको गर्भ बसेको चिकित्सकले बताएपछि फुरुङ्ग हुँदै घर फर्किइन् तर उनको उत्साह लामो समयसम्म टिक्न सकेन । पाठेघर भित्रको बच्चा दोस्रो पटक पनि खेर गएपछि उनी र उनका श्रीमान् निराश भए । दुई पटकसम्म बच्चा खेर गएपछि घरायसी काममा व्यस्त हुन थाले । बच्चा खेर गएपछि उनी बेलाबेलामा बिरामी हुने गरेकी थिइन् ।

तीन दिनदेखि दाहिने कोखमा अत्यधिक पीडा हुन थालेपछि उपचारका लागि बेनी अस्पतालको इमरजेन्सीमा भर्ना भएकी उनलाई स्वास्थ्यकर्मीले एपेन्डिक्स हुनसक्ने भन्दै डा धिरेन मल्ललाई सिफारिश गरे ।

भिडियो एक्स–रेका क्रममा पाठेघरबाहिर १३ हप्ताको गर्भ ९एक्टोपिक प्रिग्नेन्सी० भेटिएपछि डा मल्लसमेत चकित पर्नुभयो । पाठेघरबाहिर नफुटेको अवस्थामा रहेको गर्भ भेटिएपछि तत्कालै चिकित्सकको टोली इमरजेन्सी बैठक बसेर सफल शल्यक्रिया गर्न सफल भए । “पाठेघरबाहिर बच्चा हुर्किरहेको थियो । बिरामीको ज्यान जोगाउनसमेत शल्यक्रियाको विकल्प थिएन”, डा मल्लले भने ।

डा मल्लका अनुसार विगतमा समेत पाठेघरबाहिर फेलोपाइन ट्यूबमा १३ हप्ताको बच्चा फुटेपछि आन्तरिक रुपमा अत्यधिक रगत बगेको अवस्थामा अस्पतालमा आएकी एक बिरामीको सफल उपचार भएको थियो ।

डा मल्लले भने, “१३ हप्तासम्म जीवित अवस्थामा पाठेघरबाहिर बसेको बच्चा भेटिनु चिकित्सा क्षेत्रमै दुर्लभ कुरा हो ।” पाठेघरबाहिर बच्चा भेटिएका बिरामीको ब्लड प्रेसर, पल्स ९नारी० र श्वासप्रश्वास समान्यभन्दा निकै तल हुुनाका साथै बेहोस अवस्थामा अस्पतालमा आउने गरेपनि ती महिला सामान्य अवस्थामै अस्पतालमा पुगेकी थिइन् । मृत्युको मुखमा पुगेका बिरामीलाई शल्यक्रिया गरी ज्यान जोगाएर लोकप्रिय चिकित्सक बनेका डा मल्लका अनुसार पाठेघरबाहिर १३ हप्तासम्म जीवित बच्चा भेटिने विश्वकै ३० हजार गर्भवती महिलामा एक मात्रै हुने गर्छ ।

डा मल्लले शल्यक्रिया पछाडि समेत केही समय बच्चाले शरीर र खुट्टा चलाइरहेको भिडियो देखाउँदै नेपालमा निकै कम सङ्ख्यामा यस्ता बिरामी भेटिने गरेको बताए । उनले दुर्लभ मानिएको बिरामीको उपचार अगाडि विश्वभर अपनाइएको विधि र शल्यक्रियामा देखिएका समस्यालाई विश्वका ठूला अस्पताल र अनु्भवलाई समेत हेर्ने गरिएको बताए ।

पच्चीस शय्याको अस्पतालमा पाठेघरबाहिर आन्द्रामा बच्चा बसेको, योनीभित्र कण्डम, पाठेघरमा मासु पलाएको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाइते, पिसाबको थैलोमा भएका ढुङ्गा, अण्डकोष तल नझरेको, एपेन्डिक्स, हड्डी, नसा चँुडिएका लगायत चिकित्सा क्षेत्रमै जटिल मानिएका शल्यक्रियामा सफलता प्राप्त गरेपछि बिरामीको आकर्षणसमेत बढेको छ ।

बिरामीका आफन्तले समेत आश मारेका बिरामीलाई यहाँका चिकित्सकले अन्तर्राष्ट्रियस्तरका अनुभवहरूलाई हेरेर समेत शल्यक्रिया गर्ने गरेका छन् । बेनी अस्पतालमा रहेका डा मल्ल र प्रमुख रोशन न्यौपानेले जटिल शल्यक्रियाको पुरानो अनुभव र दर्जनौँ तालिममा समेत सहभागिता जनाएका छन् ।

अन्तिम अवस्थामा अस्पतालमा पुगेकालाई ज्यान जोगाएर थप उपचारका लागि पोखरासम्म पु¥याएका यहाँका चिकित्सकहरुका बारेमा पोखराको मणिपाल र गण्डकी अस्पतालमा समेत चर्चा हुने गरेको छ । नेपालको चिकित्सा क्षेत्रमा जटिल सूचीमा रहेका शल्यक्रियाको सफल शल्यक्रिया भएपछि सहयोग गर्ने निकायले समेत आधुनिक प्रविधियुक्त उपकरण दिन प्राथमिकता दिएका छन् ।

“हामीले मृत्युनजिक पुगेका धेरै बिरामीलाई अस्पतालबाटै बचाउन सफल भएका छाँै । ठूला शल्यक्रियासमेत जिल्लामै हुन थालेपछि बिस्तारै आवश्यक उपकरण समेत थपिँदैछ”, बेनी अस्पतालका प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरिन्टेन्डेण्ट डा रोशन न्यौपानेले भने ।

डा न्यौपानेले निक साइमन इन्स्टिच्युट अमेरिकाले अनुभवी चिकित्सकसहित आवश्यक उपकरणमा समेत सघाएपछि जटिल शल्यक्रियासमेत जिल्लामै सम्भव भएको बताए । पोखराबाट समेत उपचार असम्भव भन्दै फर्किएका बिरामीले बेनी अस्पतालमा पुगेर शल्यक्रिया गरी उपचार गराएको समेत भेटिएको छ ।

अघिल्लो सरकारका स्वास्थ्य मन्त्री गगनकुमार थापाले समेत बेनी अस्पतालको सेवाबाट उत्साहित भएको भन्दै अस्पतालमै पुगेर चिकित्सकलाई धन्यवाद दिए ।

बेनी अस्पतालमा आधुनिक एक्स–रे मेसिन, भिडियो एक्स–रे, महिला, बालबालिकाको उपचारमा आवश्यक पर्ने मेसिन, शल्यक्रियामा प्रयोग हुने जनरल एनेस्थेसिया (जिए) मेसिनलगायत देशभरका जिल्ला अस्पतालमा निकै कम पाइने आधुनिक उपकरणहरू निक साइमन, विभिन्न संघसंस्थाबाट सहयोग र अस्पतालले आफैँ खरिद गरेकाले म्याग्दी, पर्वत, बागलुङ र गुल्मीबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।

करिब रु ५० हजारदेखि रु ८० हजार सम्म खर्च हुने र लामो समयसम्म चिकित्सकको निगरानीमा बस्नुपर्ने बिरामीको जिल्लामै निःशुल्क उपचार हुन थालेपछि विपन्न परिवारलाई ठूलो राहत मिलेको छ ।

अनुभवी चिकित्सकले परिवारले नै आश मारेका बिरामीको समेत सफल उपचार गर्न थालेपछि विगतको तुलनामा बिरामीको चापसमेत बढेको छ । १३ हप्ताको पाठेघरबाहिर रहेको जीवित बच्चाको सफल शल्यक्रिया गरी बिरामीको ज्यान जोगाएको घटनाको देशभर चर्चा भइरहेको छ । रासस

प्रकाशित मितिः २०७४ कार्ति १७

वि.सं.२०७४ कात्तिक १७ शुक्रवार ११:३० मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...