कार्तिक २० सम्म २००% हकप्रद भर्नेले पाउँदैछन् १३% प्रतिशत बोनस,पुनः६०% हकप्रदको मौका !

काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । आरएसडीसीले आर्थिक वर्ष २०७३–७४ को सञ्चित मुनाफाबाट २०७४ असार मसान्तसम्म कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर दिन लागेको हो । कम्पनीको असोज ७ मा बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको थियो । उक्त प्रयोजनको लागि कम्पनिले कार्तिक २४ गतेदेखि बुक क्लोज गर्दैछ ।rsdc book closer date

संस्थाको वार्षिक साधारण सभा आगामि मंसिर ८ गते हुँदैछ ।

आरएसडीसीले हालै १ः२ अनुपातमा (१ बराबर थप २ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको २३ लाख २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । हकप्रद सेयर भर्ने मिति कात्तिक ५ गतेसम्म रहेपनि पछि म्याद थप गरेर कार्तिक २० सम्म पुर्याएको थियो ।

अब फेरी ६० प्रतिशत हकप्रद निष्काशनका लागि संस्थाले आफ्नो प्रस्ताव वार्षिक साधारणसभामा लैजाँदैछ ।

प्रकाशित मितिः २०७४ कार्तिक १७

२०७४ कार्तिक १७ गते १३:३० मा प्रकाशित

You can share this post!

क–कसले आजै पाउँदै हुनुहुन्छ ४२% बोनस,पढ्नुहोस्

एक हजार छ सय वेभसाइट बन्द

Related posts