काठमाडौ । राष्ट्रिय ताल संरक्षण विकास समितिको ११ औ वार्षिकउत्सव पारेर आगामि मार्च ७ – ८ गतेका दिन २ दिने काठमाडौमा ताल संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
राष्ट्रिय ताल संरक्षण विकास समिति र दि एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल एफेयर्स(एआईडिआइए) को आयोजनामा उक्त सम्मेलन हुने भएको हो । सम्मेलन आयोजना गर्नेसम्बन्धी सम्झौतामा आज दुवै पक्षबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा समितिका अध्यक्ष नानिकाजि थापा र एआईडिआईएको तर्फवाट सुनिल केसीले एक सम्झौतापत्रमा हस्ताक्षर गरेको समितिका सदस्य प्रदिप आचार्यले जानकारी दिए ।
सम्झौताअनुसार सम्मेलन आयोजना गर्ने लागत समितिले बेहोर्नेछ भने सम्पूर्ण प्राबिधिक सहयोग एआईडिआइएले गर्नेछ ।
प्रकाशित मितिः २०७४ कार्तिक १७
वि.सं.२०७४ कात्तिक १७ शुक्रवार १६:३० मा प्रकाशित