तपाईसँग कुनको सेयर छ ? फाईनान्स र बैंकले दिंदैछन् ३२% र ३०% बोनस !

काठमाडौ । सिर्जना फाइनान्सले ३२.५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समिति १७७ औं बैठकले ३२.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने जनाएको छ ।

नगद लाभांश प्रस्तावसम्बन्धी उक्त विषय नेपाल राष्ट्र बैंकमा पत्राचार भएको र आगामी वर्षिक साधारण सभाबाट परित भएपछि वितरण प्रकृया अघि बढ्नेछ ।

यता, नेप्सेले भने सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ ।

srijana bonus

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३०.१२ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै कर मिलान प्रयोजनका लागि बैंकले सेयरधनीलाई १.५८५२६ प्रतिशत नगद लाभाँश पनि दिने भएको छ ।

बैंक संचालक समितिको उक्त प्रताव आगामि साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

excel bonus

प्रकाशित मितिः २०७४ कार्तिक १९

२०७४ कार्तिक १९ गते १२:०९ मा प्रकाशित

You can share this post!

संसारको धनीमा बिल गेट्सलाई पछाडी पारे जेफ बेजोसले, कस्को सम्पत्ती कति ?

करिब ३ करोडको साधारण सेयर निष्काशन हुनेभो,भर्न तयार हुनुहोस् !

Related posts