back
NMB ad

रोल्पाका सबै स्थानीय तहको प्राथमिकता शिक्षामा

Kumari bank ad

धरेन्द्र डाँगी,रोल्पा । रोल्पाका १० वटै स्थानीय तहहरुले आफ्नो गाउँपालिका र नगरपालिकाभित्रको शैक्षिक अवस्थाको विश्लेषण गर्दै आगामी दिनको योजना निर्माण थालेका छन् । रोल्पाको शैक्षिक अबस्था, स्थानीय तहमा शैक्षिक योजना निर्माण सम्बन्धी लिवाङमा शुक्रबार भएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो योजना बनाएका हुन् ।

वर्तमान परिवेशमा शिक्षाको अवस्था र स्थानीय तहमा आगामी शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न रोल्पाका १० वटै स्थानीय तहका जनप्रतिनिधि र विषयगत कार्यालयका प्रतिनिधिहरुको सहभागितामा शिक्षाका आगामी योजना निर्माण भएको हो । जिल्ला समन्वय समिति रोल्पा, जिल्ला शिक्षा कार्यालय रोल्पा, मानबअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग र हरप्लेस रोल्पाको संयोजनमा भएको कार्याशालाको सहजीकरण शिक्षाविद् डा. विद्यानाथ कोइरालाले गरेका थिए ।

शिक्षाबिद् कार्यशालामा जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, रोल्पा जिल्लाका सबै स्थानीय तह प्रमुख, स्थानीय तहका शिक्षा सम्पर्क व्यक्ति, सामाजिक विकास समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, जिल्ला शिक्षा कार्यालय, श्रोत व्यक्ति, बालक्लव, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायत शिक्षामा सरोकार राख्ने सरोकारवाला रहेको समुहमा छलफल पश्चात् नगर तथा गाउँपालिका स्तरीय शैक्षिक योजना बनाइएको हो ।

स्थानीय तहको शैक्षिक योजनाहरुमा मुख्यगरी शिक्षाको पहुँच सुनिश्चित गर्ने, शिक्षामा समावेसी बनाउने मातृभाषामा शिक्षा दिने र लिपी तथा संस्कृति संरक्षण गर्ने, शिक्षालाई रोजगारीसंग जोड्ने, व्यवहारिक बनाउने, वैज्ञानिक बनाउने, जनमुखी बनाउने, बालसुरक्षा र सहभागिता सुनिश्चित गर्ने लगायतका क्रियाकलापहरु रहेका छन् । त्यसैगरी दलित, अपांग र विपन्नलाई उच्च शिक्षासम्म निःशुल्क अवसर दिलाउने, निजी तथा सरकारी शिक्षालाई एकअर्काको समकक्षी बनाउने, सबैलाई आजीवन शिक्षा सुनिश्चित गर्ने, शैक्षिक गुणस्तर कायम गर्न विभिन्न क्रियाकलाप संचालन गर्ने, विद्यालयहरुको अनुगमन तथा नियमन गर्ने लगायतका क्षेत्रका क्रियाकलापहरु निर्माण भएका छन् । कार्यशालाबाट निर्माण भएका योजनाहरुलाई स्थानीय तहको कार्यपालिकाको बैठकबाट पारित गरी तत्काल कार्यान्वयन गरिने जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले बताए ।

कार्यशालाको सहजीकरण गर्दै शिक्षाविद् डा. विद्यानाथ कोइरालाले रोजगारी दिने शिक्षा उपलब्ध गराउन जनप्रतिनिधिहरुले गाउँपालिका र नगपालिका अनुसार पाठ्यक्रम निर्माण गर्न लागु गर्न सक्ने बताए । उनले स्थानीय तहले हामीलाई शैक्षिक सुधारमा स्थानीय तहमा अग्रसर हुर्नुे बताउदै शिक्षा ऐनको आठौ संशोधनमा दिशा गरकोे नबौमा सोरेको दावी गरे । उनले शिक्षकलाई तीन पटकसम्म परीक्षा गराउने फेल भए पैसा दिएर घरमा पठाउने बताए ।

कार्यशालामा १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले आ आफ्नो नगर तथा गाउँपालिको शैक्षिक योजना बनाई प्रस्तुति गरेका थिए । जिल्ला समन्बय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मितिः २०७४ कार्तिक १९

वि.सं.२०७४ कात्तिक १९ आइतवार १५:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...