back
NMB ad

बैंकको १०% बोनस र करिब १०% नै नगद लाभाँश पाउने सेयरधनीहरु को–को परे ? पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । कैलाश विकास बैंकले १० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पारित गराउन मंसिर १५ गते साधारण सभा गर्नै भएको छ । बैंकले यसअघि नै चुक्ता पुँजीको १० प्रतिशतले हुने २२ करोड ९१ लाख ४८ हजार ८ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको थियो । यसलाई साधारण सभाबाट पारित गराउन मात्र बाँकी छ ।

त्यसैगरी बैंकले ९.४५ प्रतिशतका दरले २१ करोड ६५ लाख ५८ हजार ३०० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा पेश गर्दैछ । यसअघि ९.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरे पनि राष्ट्र बैंकको पत्र अनुसार नगद लाभांशमा परिवर्तन गरिएको बैंकले जनाएको छ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड पुग्नेछ । राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

साधारण सभाका लागि मंसिर १ गतेदेखि १५ गतेसम्म बुक क्लोज हुनेछ । बुक क्लोज हुने अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

kailash bikash bank book closed
प्रकाशित मितिः२०७४ कार्तिक २६

वि.सं.२०७४ कात्तिक २६ आइतवार १२:०७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...