back
NMB ad

सोमबारदेखि सवारी रोकेर नारायणगढ–मुग्लिन सडकको काम गरिने

Kumari bank ad

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भनिए पनि उच्च सवारी चापका कारण सोमबारदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ । सो सडकको सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेपछि शनिबार बिहान १० बजेदेखि राति ९ः ३० बजेसम्म सवारी रोकेर ढुंगो खसाल्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार झण्डै ३० घनमिटरको उक्त ढुंगा फोर्न कठिन भएपछि शनिबार रातिदेखि एकतर्फी मात्र सवारी सञ्चालनमा आएका छन् ।

दिनभरको सवारी चापका कारण आजदेखि भित्तो काट्ने काम कठिन भएको उनले बताए । सो ढुंगा फोरेर दुईतर्फी सवारी आवागमन गराइएपछि मात्र भित्तो काट्ने काम शुरु गरिने बताइएको छ ।

आज दिनभरमा ब्रेकरले ढुंगा फोरेर सडक दुईतर्फी सञ्चालन गर्ने योजना छ । सोमबारदेखि सवारी रोक्दै भित्तो काट्दै गरिने उनले बताए । वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो ।

गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँंदै आएको थियो । त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ । सोअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, बिहान ११ देखि मध्याह्न १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको छ ।

प्रकाशित मितिः२०७४ कार्तिक २६

वि.सं.२०७४ कात्तिक २६ आइतवार १३:५४ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...