back
NMB ad

भारतीय सवारी साधनलाई कडाइका साथै कारबाही,किन ?

Kumari bank ad

कपिलवस्तु । बढी सामान बोकेर नेपाल भित्रिएका ठूला भारतीय सवारी साधनलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । कृष्णनगर नाकाबाट मात्र दैनिक करिब ४०० भन्दा बढी भारतीय सवारी साधन नेपाल भित्रने गरेका छन् । जरिमाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको कपिलवस्तु ट्राफिक प्रहरीले शुक्रबारबाट क्षमताभन्दा बढी सामान बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा लैजाने व्यवस्था गराउन थालेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अमरबहादुर कार्कीले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे अगाडि नै त्यस्ता मालबहक साधनका बढी भार खन्याइएको छ छ भने ठूला उपकरण र करिडोरका औद्योगिक कच्चा पदार्थ लिएर आउने ट्रकलाई भने छाडिएको छ ।
कृष्णनगर नाका हुँदै नेपाल भित्रने मार्बल, क्लिङ्कर, फलामलगायतका सामान बोकेर आउने भारतीय ट्रकले अत्याधिक भार लिएर आउने गरेका छन् ।

भारतबाट बढी भार लिएर नेपाल भित्रने त्यस्ता ट्रकलाई कारबाही हुन थालेपछि नेपाली ट्रक व्यवसायी खुसी भएका छन् । ती ट्रकलले बढी भार बोकिरहँदा नेपाली ट्रकले मालसामान नपाएर खडा हुनुपर्ने अवस्था रहेकामा अब त्यस्तो समस्या नहुने बाणगंगा यातायात व्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले बताए । रासस

फाईल फोटो

प्रकाशित मितिः २०७४ कार्तिक २७

वि.सं.२०७४ कात्तिक २७ सोमवार १३:२४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...